भर्खरै :

बिहीबार भक्तपुर जिल्लाका आठ जना संक्रमित कहाँ कहाँका छन्

भक्तपुर, ३० साउन । बिहिबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको नोबेल कोरोना भाइरस सङ्क्रमितको तथ्याड्ढमा भक्तपुर जिल्लाबाट आठ जना छन् । तीमध्ये एक जना २७ वर्षको पुरुष सिन्धुपाल्चोक, इन्द्रावती नपा स्थायी घर भई हाल भक्तपुर नपा वडा नं ९ च्याम्हासिंह निवासी भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
त्यस्तै सुर्यबिनायक ठेगाना उल्लेख रहेका २९ वर्षका पुरुष, सर्लाही स्थायी ठेगाना भई हाल कौशलटार निवासी २७ वर्षका पुरुष, ललितपुर घर भई हाल लोकन्थली निवासी २२ वर्षका पुरुष पनि संक्रमण पुष्टि भएको कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभएको छ । हाल उनीहरू सबै घरमा अलग एकान्तवासमा छन् ।
प्राप्त जानकारीअनुसार लोकन्थलीकै ६२ वर्षीय महिला र सुर्यबिनायक नपा वडा नं १ निवासी ७० वर्षकी एक महिलामा पनि कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । हाल उनीहरू दुवै जना पाटन अस्पतालमा उपचारमा छन् ।
त्यस्तै रौतहट घर भई हाल कौशलटार निवासी ४२ वर्षकी महिला र ठेगाना भक्तपुर मात्र उल्लेख रहेका ४७ वर्षका एक महिलामा पनि कोभिड–१९ देखिएको स्वास्थ्य कार्यालय बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *