जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
काठमाडौं उपत्यकामा कोभिड–१९ सङ्क्रमण बढ्दै गइरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनुका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्ने गराउने सन्दर्भमा शुक्रबार भक्तपुर जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरेको छ ।
प्रजिअ हुमकला पाण्डेबाट जारी गरिएको उक्त आदेशविपरीत कुनै गतिविधि भएमा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही गरिने व्यहोरा आदेशमा उल्लेख छ । शुक्रबार राति १२ बजेदेखि भदौ १५ गते राती १२ बजेसम्मको लागि जारी गरिएको उक्त आदेशमा देहायबमोजिमका गतिविधि निषेध गरिएको छ –
– खुला स्थानमा मानिसहरू भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न
– भीडभाड हुने गतिविधिजस्तै जात्रा, महोत्सव सञ्चालन गर्न
– दैनिक हुने नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरू,
– उद्योग, व्यापार-व्यवसायअन्तर्गतका स्वास्थ्य मापदण्डविपरीतका क्रियाकलापहरू,
– चाडपर्वलगायतका धार्मिक–सांस्कृतिक कार्य गर्नका लागि हुने जमघटहरू,
– शैक्षिक संस्थाहरू सञ्चालन गर्न,
– सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्यूटी पार्लर, स्पा, स्वीमि· पुल, जिमखाना, समूहमा खेलिने खेलकुद र खेल प्रस्तुति, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना सञ्चालन गर्न,
– फुटपाथ, खुला ठाउँ र ठेला गाडा÷साइकलमा सञ्चालन हुने विभिन्न व्यवसाय, कवाडी सड्ढलन गर्न,
– उद्योग–व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्डविपरीत श्रमिक÷कामदारको ओसार पसार गर्न,
– टेक वेबाहेक होटल÷रेष्टुराँ सञ्चालन गर्न ।
पछिल्लो अपडेट
स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक जानकारीअनुसार काठमाडौँ उपत्यकामा थप ११९ जना व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये ८३ जना काठमाडौँ, ३० जना ललितपुर र ९ जना भक्तपुरका छन् । हालसम्म काठमाडौँ उपत्यकाका तीन जिल्लामा क्रमशः काठमाडौँ जिल्लामा १३७१ जना, ललितपुरमा २२१ जना र भक्तपुरमा १२० जना मानिसमा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै प्रतिनिधि सभाका सांसद डा. सूर्यनारायण यादवलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
न्यूरोडको एकजना व्यापारीमा कोरोना देखिएसँगै महानगरपालिकाले जुद्ध शालिक बिशालबजारदेखि इन्द्रचोकमा भाद्र ७ गतेसम्म सबै पसल बन्द गराएको छ ।
Leave a Reply