भर्खरै :

समाजवादी शिक्षामा समूह उत्तीर्ण हुने बन्दोबस्त

काठमाडौँ, ३१ साउन । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिले ‘मजदुर’ दैनिकमा प्रकाशित ‘ट्रम्प एक नकारात्मक राष्ट्रपति’ र नेपाल–भारत सम्बन्धको एउटा कालखण्ड बताउने ‘अप्ठ्यारा साझेदारहरू’ लेखबारे शनिबार अध्ययन गोष्ठीको आयोजना गरेको छ ।
अनलाइन प्रस्तुतिसमेत गरिएको गोष्ठीमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईँले जनस्वास्थ्य क्षेत्रमा नवउदारवादी नीति लिने देशहरू कोभिड–१९ को महामारी नियन्त्रणमा असफल भएको भन्दै संरा अमेरिकी राष्ट्रपति पुँजीवादी बन्दोबस्तकै उपज हो भन्नुभयो ।
उहाँले समाजमा वैज्ञानिक चिन्तनको विकासको निम्ति विद्यार्थी सङ्गठनले गतिविधिहरू सञ्चालन गर्नुपर्ने भन्दै पुँजीवादी बन्दोबस्तभित्र देखिन सक्ने व्यक्तिवादी तथा उपभोक्तावादी चरित्रबाट विद्यार्थीलाई अलग्ग राख्न सक्रिय हुनुपर्ने धारणा राख्नुभयो ।
नेक्राविसङ्घका अध्यक्ष सविन ख्याजूले व्यवस्थित अध्ययनमा ध्यान दिनुपर्ने बताउँदै विद्यार्थीमा लडाकु भावना विकास गर्न खेलकुदका गतिविधिहरू सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रकाश गुरुङ, सुरेश परियार, ईश्वर शाही, जानकी सिजापति, मिलन गणेजू, हृदय दाहाल, विलम सुवाल, किरण गोसार्ईलगायतले आ–आफ्नो विचार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *