इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
काबुल, ३१ साउन (एएनआई) । अफगानिस्तानका राष्ट्रपति अस्रफ घानीले तालिबानहरूको रिहाइ खतरापूर्ण काम भएको भए पनि शान्तिका लागि भने यो कार्य आवश्यक भएको बताए । अफगान सरकारले सरकारको जेलमा रहेका कम्तीमा पनि ४०० बाहेकका अरु तालिबानलाई जेलमुक्त गरेको छ । तालिबानीलाई जेलमुक्त गर्न उनले नै आदेश दिए ।
अफगानिस्तान सरकारले यसरी सरकारको जेलमा रहेका कम्तीमा पनि ४ हजार ६०० जति तालिबानलाई मुक्त गरिदिएको छ । तर पनि जेलमा रहेका अरु ४०० जना जति तालिबानलाई भने अफगानिस्तानको सरकारले रिहा नगर्ने जनाउँदै आएकोमा उनीहरूलाई पनि रिहाई गरिने जनाइएको छ । यसरी तालिबानीहरू जेलमुक्त भइरहेकै बेला राष्ट्रपति घानीको भने यो प्रतिक्रिया आएको छ ।
उनले भने, “तालिबानहरूलाई सरकारको जेलबाट मुक्त गर्ने काम खतरापूर्ण त हो तर पनि अफगानिस्तानको शान्तिका लागि भने यो आवश्यक काम हो । संयुक्तराज्य अमेरिकासँग गत फेब्रुअरीमा तालिबानी समूह र अफगानिस्तानको सरकारका प्रतिनिधिबीच भएको सम्झौतामा हाल अफगान जेलमा रहेका पाँच हजार जना तालिवानी लडाकूहरूलाई रिहा गर्नुपर्ने भन्ने छ ।”
यसै बमोजिम पछिल्लो पटकको रिहाइसँगै अफगान सरकारले चार हजार ६०० जना बन्दीलाई जेलमुक्त गरिदिएको जनाएको छ । तर पनि जघन्य प्रकृतिको हत्याका आरोपीहरूलाई सरकारले रिहा गर्न नहुनेभन्दै पश्चिमाहरूले प्रश्न गरेका छन् ।
अब यहाँको जेलमा रहेका करिब ४०० जना यहाँ गम्भीर प्रकृतिको हत्या हिंसामा संलग्न भएका लडाकूहरू भएको बताइएको छ । उनीहरूलाई पनि जेलमुक्त गर्ने काममा अफगानिस्तानको सरकारले हिजोदेखि सुरु गरेको छ । ती जघन्य प्रकृतिको अपराधमा संलग्नहरूलाई रिहा गरिएको विषयमा भने प्रश्न उठेको छ ।
गएको फेब्रुअरीमा अमेरिका–तालिबानबीच भएको एक सम्झौतामा अफगान जेलमा बन्दी पाँच हजार तालिबान लडाकू एवं विद्रोहीका कब्जामा रहेका एक हजार सरकारी सैनिकलाई मुक्त गर्ने उल्लेख भएको थियो ।
त्यसैले तालिवानहरूले ती सबै जनालाई रिहा नगर्दासम्म आफूहरू वार्तामा नबस्ने बताएका छन् । उनीहरूलाई रिहा गरिएमा छिट्टै वार्तामा बस्ने तालिबानी समूहको भनाइ छ ।
Leave a Reply