संविधान जारी भएको ११ वर्ष, संविधान संशोधनको प्रश्न किसान र मजदुरको हकलाई मौलिक हकमा राखिनुपर्ने
- आश्विन ५, २०८३
भक्तपुर, ३२ साउन । शनिबारसम्ममा भक्तपुर जिल्लामा १३३ जना मानिसमा नोबेल कोरोना भाइरसको सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय, भक्तपुरले जनाएको छ । आइतबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा भक्तपुर जिल्लाका थप आठ जना सङ्क्रमण पुष्टि भएको छ ।
शनिबारसम्मको तथ्याड्ढअनुसार सङ्क्रमित १३३ जना मध्ये ७३ जना पुरुष र ६० जना महिला छन् । हालसम्म ५७ जना सङ्क्रमणबाट निको भएका छन् । निको भएकामध्ये ३२ जना महिला र २५ जना पुरुष छन् ।
भक्तपुर जिल्लाका चार नगरपालिकामध्ये सबभन्दा बढी सङ्क्रमण मध्यपुर थिमि नपामा भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले बताउनुभएको छ । मध्यपुर थिमि नपामा हालसम्म ४४ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितको सङ्ख्या बढेपछि मध्यपुर थिमि नपाले आइतबारबाट लकडाउन गरेको छ । शनिबार मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गर्दै आएको नेपाल–कोरिया मैत्री अस्पतालका ४ जना सहित आठ जना सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै शनिबार सङ्क्रमण पुष्टि भएकामध्ये दुई जना सुर्यबिनायकस्थित सैनिक व्यारेकका दुई जना सिपाहीं पनि रहेको स्वास्थ्य कार्यालयबाट जानकारी प्राप्त भएको छ । त्यसबाहेक शनिबार सुर्यबिनायक नपा कटुञ्जेका एक जना सहित दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । चार नगरपालिकामध्ये सुर्यबिनायक नपा सङ्क्रमित सङ्ख्यामा दोस्रो नम्बरमा छ । शानिबारसम्मको तथ्याड्ढअनुसार त्यहाँ ३० जनामा सङ्क्रमण फेला परेको छ ।
भक्तपुर नगरपालिकाका हालसम्म २४ जनामा कोभिड–१९ सङ्क्रमित भएका छन् । चाँगुनारायण नपाका १९ जना सङ्क्रमित छन् ।
Leave a Reply