भनपा–८ मा डिजिटल मार्केटिङसम्बन्धी तालिम सुरु
- आश्विन ६, २०८३
काठमाडौँ, ३२ साउन । साउन मसान्तसम्ममा नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमितको सङ्ख्या २६ हजार ६ सय ६० पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १०५ पुगेको छ । यस्तै कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किनेको सङ्ख्या १७ हजार ३३५ पुगेको छ । आइतबारमात्र कोरोना भाइरसको सङ्क्रमण निको भएर १३४ जना सङ्क्रमित डिस्चार्ज भएका छन् भने थप ६४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यसले देशमा कोरोना सङ्क्रमण व्यापकरूपमा फैलिन थालेको स्पष्ट देखाउँछ ।
देशका सातै प्रदेशमा कोभिड–१९ को सङ्क्रमण फैलिइसकेको छ भने सङ्घ सरकारको राजधानी रहेको काठमाडौं उपत्यकामा सङ्क्रमण व्यापक हुने सङ्केत देखापरेको छ । केहीदिनदेखि हरेक दिन उपत्यकामा १ सय जनाभन्दा बढीमा कोभिड–१९ सङ्क्रमण पुष्टि हुँदै आएको छ । नेपालमा सङ्क्रमितको मत्यु दर कम नै मानिएको छ तर सङ्क्रमण सबै उमेरका मानिसहरूमा व्यापक बन्यो भने यो दर क्रमशः बढ्दै नजाला भन्न सकिन्न । समयमै उपायहरू अपनाउन नेपाल सरकार चुक्दै छ ।
यो समय कोभिड–१९ नियन्त्रणका लागि देशव्यापी लकडाउन गर्नुपर्ने र सम्भावित सङ्क्रमितहरूको पीसीआर परीक्षण गर्नुपर्ने सही समय हो । सङ्क्रमण योभन्दा व्यापक बनेपछि जुनसुकै उपाय अपनाए पनि काम नलाग्ने हुनसक्छ । संरा अमेरिका, ब्राजिल र केही ल्याटिन अमेरिकी देशहरू समयमा उपाय नलगाएर पछुताएका देशहरू हुन् । भारतमा पनि समयमै लकडाउन लागू नगरिँदा र लकडाउनको परिपालना सही तवरले नहुँदा आजको भयावह अवस्था निम्तिएको हो ।
नेपाल सरकारले नेपालभित्रै कोही पनि कोरोना सङ्क्रमित भएको पुष्टि नभएको अवस्थामा गत चैत ५ गतेदेखि लकडाउन घोषणा गरेको थियो । त्यतिबेला लकडाउन गर्नुपर्ने स्थिति थिएन बरू विदेशबाट हवाई मार्ग र स्थलमार्ग भएर नेपाल प्रवेश गर्ने नेपाली र विदेशी सबैलाई कडाइपूर्वक क्वारेन्टिनमा राखेर परीक्षण गर्नुपर्ने थियो । त्यसैमा नेपाल सरकार चुकेको थियो । परिणामस्वरूप नेपालमा ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित पुष्टि भएकाहरू भारतबाट नेपाल प्रवेश गरेका भारतीयहरू नै थिए । भारत सरकारले जिम्मेवारी नलिई नेपाल प्रवेश गराएका भारतका विभिन्न सहरमा काम गरिरहेका नेपालीहरू क्वारेन्टिनमा नबसी गाउँ गाउँ छिर्दा नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको हो । त्यसपछि सङ्क्रमण दर केही कम भएपछि लकडाउन र सुरक्षाका उपायमा हदैसम्म खुकुलोपन भएपछि पुनः यो स्तरमा सङ्क्रमण व्यापक बन्न पुगेको हो ।
मानिसहरूको लापरबाही र सरकारको उदासिनता
लकडाउन खुकुलो बनेसँगै देशको एक जिल्लाबाट अर्को जिल्लामा मात्र होइन एक प्रदेशबाट अर्को प्रदेशमा पनि विभिन्न तवरले आवागमन व्यापक भयो । काठमाडौँ उपत्यकामा त सबैजसो जिल्लाका मानिसहरू ओइरिए । नाकामा दिउँसो प्रहरीले कडाइ गरे पनि राति र घोषित नाकाबाहेक खुला ठाउँहरू पार गरी उपत्यका प्रवेश गरे । यसबाट सुरूमा बाहिरी जिल्लाबाट केही दिनअघि काठमाडौँ आएकाहरूमा सङ्क्रमण देखिए भने पछि तिनीहरूको सम्पर्कमा पुगेका स्थानीय बासिन्दामा सङ्क्रमण व्यापक भएको हो ।
छिमेकी देशहरू भारत र चीनबाट नेपाल प्रवेश गर्ने नाकामा कडाइपूर्वक लागू गर्ने र प्रवेश गराउनैपर्ने अवस्थामा कोरोना परीक्षण गराएरमात्र गराउने, विदेशबाट आएका मालवाहक गाडीसमेत सीमा क्षेत्रको भन्सार यार्ड र सुख्खा बन्दरगाहसम्म भित्याउने, भित्रिएका गाडीहरूलाई निष्क्रमण गर्ने, त्यहाँबाट सामान अनलोड गरी नेपालका गाडीबाट नेपालका विभिन्न भागमा ढुवानी गर्ने व्यवस्था गरिनुपथ्र्यो । पेट्रोलियम र ग्यास बोकेका भारतीय टयाङ्करहरू सीधा नेपालमा प्रवेश गराउँदा पनि नेपालमा भाइरस सङ्क्रमण व्यापक हुनमा टेवा पुगेको हो ।
अबको उपाय भनेको आवतजावतमा कडाइ, स्वास्थ्य सुरक्षाका उपाय लागू गर्नमा कडाइ, लक्षण देखिएका र सम्भावित सङ्मितहरूको शीघ्र पीसीआर परीक्षण र व्यवस्थित क्वारेन्टिन र आइसोलेसनको व्यवस्थामात्र हो । स्थानीय तहहरूलाई जिम्मा दिएको बताएर र निर्देशन र परिपत्रमात्र लेखेर सङ्क्रमण नियन्त्रण हुनसक्दैन । स्थानीय तहका सरकारको सहयोग लिएर सङ्घ र प्रदेश सरकारहरू नै तातेर लागेमा महामारी नियन्त्रण सम्भव हुनसक्छ ।
Leave a Reply