क्युवाद्वारा संयुक्त राष्ट्रसङ्घमा अमेरिकी आरोप अस्वीकार
- कार्तिक १२, २०८३
पेइचिङ, १७ अगस्ट । चीनमा बनाइएको नोबेल कोरोना भाइरसको प्रतिरोध गर्ने खोपमध्ये एउटालाई चीनको सरकारी निकायले प्याटेन्ट अधिकार प्रदान गरेको छ । विज्ञहरूले सो खोपको मौलिकता र विशिष्टता पुष्टि भएको बताएका छन् । यसले चीनमा विकास भएको कोभिड–१९ खोपको रूपमा अन्तर्राष्ट्रिय बजारमा विश्वास हासिल गर्न सक्ने बताइएको छ ।
चिनियाँ बायोफर्मास्युटिकल कम्पनी कानसाइनो बायोलोजिक इन्डस्ट्रिज र चिनियाँ सेनाअन्तर्गत सङ्क्रामक रोगविज्ञ चेन वेईको संयुक्त टोलीले एड ५–एनकोभ नामको एडेनोभाइरसको पुनसंयोजनबाट सो खोप बनाइएको हो ।
चीनको राष्ट्रिय बौद्धिक सम्पत्ति कार्यालयको वेभसाइटमा प्रकाशित दस्तावेजअनुसार सो खोप आगामी छोटो समयमा नै ठुलो परिमाणमा उत्पादन गर्न सकिने बताइएको छ ।
प्याटेन्ट अधिकार दिनुले सो खोपको प्रभावकारिता, सुरक्षा र बौद्धिक सम्पत्ति अधिकारमाथिको स्वामित्व प्रदर्शन गरेको कामनसाइनोले आइतबार जारी वक्तव्यमा उल्लेख छ ।
साङ्घाईका खोप विशेषज्ञ ताओ लिनाले सो खोपलाई प्याटेन्ट अधिकार दिनुले बजारीकरणको प्रक्रिया सहज भएको बताइन् । आधिकारिक रूपमै खोपलाई प्याटेन्ट अधिकार दिएपछि चीनमा विकास गरिएको सो खोपप्रति बजारको विश्वास बलियो भएको छ ।
कोभिड–१९ खोपको विश्वव्यापी दौड
भारतले कोभिड–१९ को खोप ठूलो परिमाणमा उत्पादन गर्न तयारी गरिरहेको छ । भारतको स्वतन्त्रता दिवसको अवसरमा आइतबार दिएको भाषणमा प्रधानमन्त्री नरेन्द्र मोदीले वैज्ञानिकहरूले अनुमति पाउना साथ खोपको व्यापक उत्पादन थालनी हुने बताएका थिए ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गत साता नोबेल कोरोना भाइरसविरुद्ध आफ्नो देशले संसारकै पहिलो खोप विकास गरेको दाबी गरेका थिए । रुसमा विकास भएको खोपको पहिलो डोज पुटिनकी छोरीलाई लगाइएको थियो ।
good