भर्खरै :

निषेधाज्ञा कार्यान्वयनबारे बैठक

भक्तपुर, ३ भदौ । भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकास्तरीय प्रकोप व्यवस्थापन केन्द्रको बैठक बुधबार बस्योे ।
बैठकमा प्रमुख प्रजापतिले कोभिड–१९ रोगको सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि नगरपालिकाले गरिरहेको क्वारेन्टिन व्यवस्थापनबारे जानकारी गराउनुका साथै निषेधाज्ञालाई प्रभावकारी कार्यान्वयनको लागि आवश्यकताअनुसार स्वयम्सेवक परिचालन गरिने बताउनुभयो ।
बैठकमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भनपाले स्वयम्सेवक परिचालन गरी लकडाउनको समयमा उचित व्यवस्थापन सराहनीय भएको बताउँदै निषेधाज्ञाको बेला अत्यावश्यक सेवा ऐन, २०१४ मा लेखिएको बाहेकका अन्य कुनै पनि सेवामा छुट नहुने जानकारी गराउनुभयो ।
बैठकले कोभिड–१९ सङ्क्रमण दिनहुँ बढिरहेको र काठमाडौँ उपत्यकासँगै भक्तपुर जिल्लामा पनि सङ्क्रमण बढेकोले दैनिकरूपमा माइकिङ्ग गरी जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको निषेधाज्ञाको पूर्ण पालनाको लागि सर्वसाधारण जनतालाई जानकारी दिने र निषेधाज्ञालाई प्रभावकारी कार्यान्वयन गराउन नगरका मुख्य सडक, चोक, गल्लीमा सुरक्षा निकायको परिचालनसँगै आवश्यकताअनुसार स्वयम्सेवकहरू परिचालन गरी सर्वसाधारण जनतालाई निरन्तर सचेत गरिरहने निर्णय ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *