भर्खरै :

कोरोनासँगै लड्दै गर्दा बिर्सन नसकिने अन्य रोग

नोबेल कोरोना भाइरसको महामारीले सबैलाई त्रस्त बनाएको बेला डेङ्गुजस्ता सरुवा रोगको चर्चा भने यतिबेला ओझेलमा परेको छ । अघिल्लो वर्ष निकै सङ्ख्यामा फैलिएको डेङ्गुबाट यो वर्ष कति मानिस बिरामी परे भन्ने तथ्याङ्कसमेत सरकारले सार्वजनिक गरेको छैन । सरकारी निकायले तथ्याङ्क सार्वजनिक नगर्दैमा मानिसलाई डेङ्गु नलागेको भन्न सकिन्न । यतिबेला डेङ्गुका बिरामीको तथ्याङ्क बाहिर नआउनुको मूल कारण सबै स्वास्थ्य निकायको ध्यान कोरोना भाइरसको नियन्त्रणमा केन्द्रित हुनु हो । महामारीको कारण अस्पतालहरूले सबै थरी रोगको उपचार सेवा दिन सकिरहेका छैनन् । देशैभरिका अस्पताल र स्वास्थ्य चौकीहरूले अन्य रोगका बिरामीको व्यवस्थित अभिलेख र तथ्याङ्कसमेत जम्मा गर्न सकिरहेका छैनन् । त्यसकारण, कोरोनाको महामारीले डेङ्गु र सिकलेकजस्ता रोग छायामा परेका छन् । तर, ती रोगको कारण पनि नेपालमा वार्षिक धेरै मानिसको निधन हुने गरेको छ । जण्डिसजस्ता पानीबाट सर्ने रोग पनि नेपाली समाजको निम्ति अझै ठूलो चुनौती हो ।

कोरोना भाइरसको महामारीले त्राहीत्राही फैलाइरहेको बेला डेङ्गुको अर्को सङ्क्रमण बढे समस्यामाथि समस्या थपिनेछ । साना साना प्रयासले पनि हामीलाई ठूला रोगबाट जोगाउन सक्छ । हाम्रा साना पहलकदमीले पनि समाजलाई यस्ता रोगबाट जोगाउन मद्दत गरेको हुन्छ । रोगबाट जोगिन आफ्नो कोठामात्र सफा भएर हुन्न । सिङ्गो समाज र छरछिमेकलाई पनि रोगबाट टाढा राख्न जरुरी छ । यस्ता रोगबाट जोगिने उपायबारे तीनै तहका सरकारले विभिन्न प्रचारमाध्यममार्फत प्रचारप्रसारलाई निरन्तरता दिनुपर्छ । यतिबेला अस्पताल वा स्वास्थ्य चौकीमा उपचार गर्न नसकिने अवस्थामा घरमै यस्ता रोगबाट कसरी जोगिने र कस्ता उपचार गर्ने विषयमा प्रचार हुन आवश्यक छ ।

विशेषतः लामखुट्टेबाट सर्ने डेङ्गु रोगबाट जोगिन सर्वसाधारण स्वयम्ले सजगता अपनाउनुपर्ने देखिन्छ । आफ्नो घर वरपर सरसफाइमा ध्यान दिने, कहींकतै फोहोर पानी जम्मा भए फाल्ने र लामखुट्टेबाट जोगिने उपायमा ध्यान दिनुपर्छ । वर्षायाममा घर वरपर झारपात बढी मौलाउने हुँदा तिनबाट लामखुट्टे पनि मौलाउँदा डेङ्गु सङ्क्रमणको सम्भावना बढ्छ ।
स्थानीय तहले कोरोना भाइरस रोकथाम र नियन्त्रणसँगै डेङ्गुको जोखिमबारे पनि ध्यान दिनुपर्छ । सर्वसाधारणलाई कोरोना भाइरसको सङ्क्रमणबारे सजग बनाउने क्रममा डेङ्गुजस्ता वर्षायाममा फैलिन सक्ने सङ्क्रामक रोगबारे पनि सचेत बनाउनुपर्छ । रोग नियन्त्रण र रोकथामको निम्ति ध्यान दिनुपर्ने उपायबारे व्यापक प्रचारप्रसार गर्नुका साथै स्थानीय स्तरमै रोकथामका उपाय लगाउनुपर्छ ।
त्यसै त कोरोना भाइरसको महामारीले त्राहीत्राही फैलाइरहेको बेला डेङ्गुको अर्को सङ्क्रमण बढे समस्यामाथि समस्या थपिनेछ । साना साना प्रयासले पनि हामीलाई ठूला रोगबाट जोगाउन सक्छ । हाम्रा साना पहलकदमीले पनि समाजलाई यस्ता रोगबाट जोगाउन मद्दत गरेको हुन्छ । रोगबाट जोगिन आफ्नो कोठामात्र सफा भएर हुन्न । सिङ्गो समाज र छरछिमेकलाई पनि रोगबाट टाढा राख्न जरुरी छ । यस्ता रोगबाट जोगिने उपायबारे तीनै तहका सरकारले विभिन्न प्रचारमाध्यममार्फत प्रचारप्रसारलाई निरन्तरता दिनुपर्छ । यतिबेला अस्पताल वा स्वास्थ्य चौकीमा उपचार गर्न नसकिने अवस्थामा घरमै यस्ता रोगबाट कसरी जोगिने र कस्ता उपचार गर्ने विषयमा प्रचार हुन आवश्यक छ ।
धेरै रोगको स्रोत फोहोर नै हुने गरेको छ । जुन ठाउँमा फोहोर बढी हुन्छ, त्यहाँ रोगको सङ्क्रमण बढ्ने गरेको छ । त्यसकारण, सरसफाइमा निरन्तर ध्यान दिन जरुरी छ । नगरपालिका वा गाउँपालिकाको सरसफाइको निम्ति स्थानीय पालिका जिम्मेवार हुन्छन् । आफ्ना नागरिकलाई स्वस्थ राख्न पालिकाहरूले सरसफाइमा विशेष ध्यान दिन जरुरी छ । सरसफाइप्रति नागरिकलाई सचेत बनाउने कामलाई जारी राख्न आवश्यक छ । सरसफाइ सबै नागरिकको दायित्व र सभ्यता–सुसंस्कृतिको चिह्न हो भन्ने विषयमा हामी नागरिक सचेत हुन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *