राष्ट्रवादको गलत व्याख्या …. !?
- कार्तिक १२, २०८३
कैलाली, ३ भदौ । सुदूरपश्चिम प्रदेशमा मङ्गलबार ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशाला, डडेल्धुरा अस्पतालको प्रयोगशाला र काठमाडौँस्थित प्रयोगशालामा भएको परीक्षणमा बुधबार ५० जनामा सङ्क्रमण देखिएको हो ।
डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ४७ जनाको कोरोना परीक्षण भएकोमा ४६ जनामा सङ्क्रमण देखिएको छ ।
काठमाडौँमा भएको परीक्षणमा दार्चुलाका दुई र कञ्चनपुरका एक गरी तीन जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।
सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय ४९ जनाको कोरोना परीक्षण भएको छ । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार २४ घण्टामा भएको परीक्षणमा एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।
मङ्गलबार ५० जनामा कोरोना पुष्टि भएसँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या ५ हजार ७६ पुगेको छ ।
सबैभन्दा बढी कैलालीमा १ हजार ३ सय १७ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । डोटीमा ८ सय ८१, अछाममा ७ सय ३७, बाजुरामा ६ सय २३ र कञ्चनपुरमा ५ सय ९८ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै डडेल्धुराका तीन सय १४, बैतडीका ३ सय १, बझाङका २ सय ९८ र दार्चुलाका ४७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
सुदूरपश्चिममा कोरोना भाइरसका सङ्क्रमितको पुनःपरीक्षण विना घर पठाइँदा सङ्क्रमण झनै बढेको छ ।
Leave a Reply