भर्खरै :

एसईईका विद्यार्थीसँग छलफल

कोभिड – १९ बाट सङ्क्रमित दिनहुँ बढिरहेको अनलाइन समाचार सुन्दै नगरपालिका क्षेत्रभित्र नयाँ सङ्क्रमितका परिवारसँग फोन सम्पर्क गर्दै थिएँ । म्यासेन्जरमा एउटा सन्देश आयो । वडावासी बहिनीको रहेछ । सन्देशमा लेखिएको छ, “नमस्ते वडाध्यक्षज्यू ¤ म यो वर्ष एसईई परीक्षा दिने विद्यार्थी हुँ । उमेरको हिसाबले तपार्इँको मतदाता हुन नपाएपनि तपार्इँले कुरा सुन्नुहुने विश्वाससहित लेख्दै छु । हामी त कोरोना ब्याच भयौँ । न परीक्षा दिन पायौँ, न त अहिलेसम्म रिजल्ट नै आयो । अब कहिले कक्षा ११ मा जाने हो ? हाम्रो शैक्षिक भविष्य वर्वाद हुने भयो ¤ केही सल्लाह–सुझाव पाउन सकिएला कि ?”
मैले बहिनीलाई वडा कार्यालयमा बसेर छलफल गरौँला भनी सन्देश लेखी पठाएँ ।
“अहिले नै आउँदा हुन्छ ?”
“हुन्छ ।”
“हामी ६ जना साथीहरू आउँछौँ वडाध्यक्षज्यू ¤”
“ठिक छ, आउनू ¤ चिया पनि खाऔँला र कुराकानी पनि गरौँला ¤”
करिब आधा घण्टापछि छ जना बहिनीहरू वडा कार्यालय आइपुगे । कोभिड – १९ को सम्भावित जोखिमलाई ध्यानमा राखेर सबैलाई स्यानिटाइजर प्रयोग गर्न लगाएपछि सामाजिक दूरीमा चकटीमा बसाई कुराकानी थालनी गरेँ ।
एकजना बहिनीले आप्mनो भनाइ राखिन्, “वर्षौँसम्म मेहनत गरेर पढियो, एसईई परीक्षाको केन्द्र तोकिएर परीक्षा प्रवेश अनुमतिपत्रसमेत हातमा परिसकेको अवस्थामा दुई दिनअघि सरकारले परीक्षा स्थगित भएको सूचना प्रकाशित ग¥यो । हामी नर्भस भयौँ ।”
“महिना दिनपछि परीक्षा पुनः सञ्चालन हुने आशामा थियौँ । नगरपालिकाले अनलाइनमार्फत तयारी कक्षा सञ्चालन गर्दा हामी पनि हरेक दिन बस्यौँ । परीक्षा आज होला कि भोलि होला कि भनी बस्यौँ, भएन । पछि परीक्षा नहुने भयो, हरेक विद्यालयले आप्mना विद्यार्थीको आन्तरिक मूल्याङ्कन गरेर नतिजा पठाउने र त्यसकै आधारमा सरकारले परीक्षाफल प्रकाशित गर्ने कुरा पनि सुन्यौँ । अहिलेसम्म पनि परीक्षाफल प्रकाशित गरिएको छैन । के गर्ने वडाध्यक्षज्यू ?”
अर्की बहिनीले हात उठाउँदै बोल्ने अनुमति मागिन् । उनले भन्न थालिन्, “स्कूलमा हाम्रो पढाइ सकिएको गत वर्षको माघमा हो । त्यसबेलादेखि अहिलेसम्म करिब ६ महिना हामी घरमा बस्यौँ । समय पनि खेर गयो, पढ्ने बानी पनि छुट्न थालेको छ ।”
“समय मात्र खेर गएको हो र साथी ?” दुब्ली तर फूर्तिली बहिनीले बोलिहालिन्, “हामीलाई त कोरोना ब्याच भनेर जीन्दगीभर दाग लाग्ने भयो । परीक्षा नै नदिएर पास भएको भन्ने भयो, भोलि उच्च शिक्षा पढ्दा वा जागीर खान जाँदा हामीलाई अरूले हेप्ने भए । हामीले मेहनत गरेको कसैले नदेख्ने भयो । हामीलाई जीवनभर मानसिक तनाव हुने भयो । होइन त साथी हो ¤”
ती बहिनीको भनाइमा सबैले समर्थन गरे ।
अग्लो कदकी चस्मा लगाएकी बहिनीले गम्भीर भई कुरा राखिन्, “वडाध्यक्षज्यू, बुबा गाडी चलाउनुहुन्छ । अहिले लकडाउनको कारण उहाँ घरमै बस्नुभएको छ । आमाले पन्जा बुन्ने काम गर्नुहुन्छ । केही समयसम्म त उहाँले घरमै बसेर काम गर्नुभयो । तर, अहिले सामान आएको छैन भनेर पन्जा बुन्न पनि पाउनुभएको छैन । घरमा आम्दानीको स्रोत छैन । यस्तो समयमा एसईई परीक्षाको रिजल्ट आइहाले पनि ११ कक्षाको पढाइ पहिलाजस्तो कक्षाकोठामा बसेर त हुन्न होला । अनलाइनमार्फत कक्षा लिने भन्यो भने विद्यालयमा पनि शुल्क तिर्ने, अनि अनलाइनको लागि कम्प्युटर वा ल्यापटप किन्न, इन्टरनेटको सुविधाको लागि मासिक भुक्तानी गर्न गा¥हो हुन्छ । म त उच्च शिक्षा पढ्न पाउँदिन होला ¤”
म बहिनीहरूका कुरा सुनिरहेको थिएँ । हँसिलो अनुहार भएकी फरासिली बहिनीले हात हल्लाउँदै भनिन्, “उमेरको कारण हामी कसैले पनि चुनावमा भोट हाल्ने अधिकार पाएका छैनौँ । त्यसैले मतदाता नभएकोले हाम्रो कुरा किन सुन्ने नभन्नु होला है, वडाध्यक्षज्यू ¤”
मैले बिस्तारै कुरा राखेँ, “बहिनीहरू, वडा कार्यालय भनेको स्थानीय सरकारको तल्लो अङ्ग हो र स्थानीय सरकारले मतदातालाई मात्र होइन, वडाका सबै नागरिकको विषयमा सोच्नुपर्छ । भर्खर जन्मेको बच्चाको जन्मदर्तादेखि मान्छे मरेपछि मृत्युदर्ता, नाता प्रमाणित, नागरिकतामा सिफारिसलगायत सबै काम वडा कार्यालयबाट नै हुन्छ । त्यसैले बहिनीहरूको समस्याको बारेमा वडा कार्यालयले सुन्दैन र केही गर्दैन भन्ने भ्रममा नबस्नू । हामी जनप्रतिनिधिहरू सबैका साझा पात्र हौँ ।”
“त्यतिबेलाको सङ्कटलाई मध्यनजर गरी सरकारले देशभरि नै एसईई परीक्षा स्थगित गरेको थियो । अहिले नेपालमा हरेक दिन सयौँको सङ्ख्यामा कोरोना सङ्क्रमितहरू बढिरहेको हामी सबैलाई थाहा छ । यतिबेला कुनै पनि खालको परीक्षा सञ्चालन गर्न सम्भव छैन । त्यसैले एसईई परीक्षाको हकमा सरकारले सम्बन्धित विद्यालयबाट नै विद्यार्थीको आन्तरिक मूल्याङ्कन गरी नतिजा परीक्षा नियन्त्रण कार्यालयमा बुझाउन निर्देशन गरेको थियो । परीक्षाफल प्रकाशित गर्न ढिलो गर्नु चाहिँ उचित होइन ।”
कुरा गर्दै गर्दा कार्यालय सहयोगीले चिया ल्याएकाले सबैलाई चिया खान आग्रह गरेँ । मैले आप्mनो भनाइलाई निरन्तरता दिएँ, “हेर बहिनी हो, आपूmलाई कोरोना ब्याचको बिल्ला भिरायो भनेर चित्त दुखाउनु आवश्यक छैन । हाम्रो काबुभन्दा बाहिरको परिस्थितिमा कसैले कसैलाई दोष दिएर कोही उम्कन सकिन्न । आप्mनो मेहनत नै मुख्य कुरा हो । अहिले एसईई भनेजस्तै उतिबेला एसएलसी परीक्षामा धेरै नम्बर ल्याएर पास भएका विद्यार्थी उच्च शिक्षामा असफल भएका उदाहरण प्रशस्त छन् । एसएलसी परीक्षामा तेस्रो डिभिजनमा पास भएका विद्यार्थी उच्च शिक्षामा सा¥है मेहनत गरी राम्रो गरिरहेका पनि नभएका होइनन् । तसर्थ, एसईई परीक्षा नै अन्तिम मूल्याङ्कन हो भन्ने सोच्नु गलत हुन्छ । मेहनत गरी आप्mनो प्रतिभा देखाउने प्रशस्त ठाउँ छ ।”
“६–७ महिना केही पनि नगरी त्यतिकै बितेको निश्चय पनि सुखद होइन । कतिपय तिम्रा साथीहरू फुर्सदको समय भनी दिनभरि युट्युव च्यानल, फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालमा व्यस्त भए होलान्, कतिपयले आमाबुबालाई घर र खेतको काममा सघाए होलान् । कतिपय तिम्रा साथीहरूले चित्र कोर्ने, वाल पेन्टिङ गर्ने, विद्युतीय सामग्री मर्मत गर्ने, सिलाइ बुनाइ र पाक शिक्षासम्बन्धी तालिम लिएको मेरो जानकारीमा छ । समयको सदुपयोग गर्न जान्नु आवश्यक छ । यो पनि भएन र त्यो पनि भएन भनी निराश हुँदा मानसिक तनाव भई अनेक रोगको सिकार बनेका साथीहरू पनि नभएका होइनन् । मान्छेको वास्तविक परीक्षा भनेको कठिनाइको समयमा हुने गर्दछ । यतिबेला हामी उत्साहित भएर भविष्यलाई उज्ज्वल बनाउन रचनात्मक कार्यमा सरिक बनौँ ¤”
“बहिनीहरू, अहिले नै ठूलठूलो कुरा नसोचौँ ! कम्तीमा हामीले आप्mनो पारिवारिक पृष्ठभूमि, समाजको वर्तमान अवस्था र देशको विषयमा अध्ययन र छलफल गरौँ ¤ तिमी हामी सबैजना किसान परिवारका हौँ भने हाम्रो दुःखको मूल कारण खोतलौँ । अहिलेको पँुजीवादी समाजमा गरिब कामदार जनताले जति दुःख गरे पनि सम्पत्ति केही धनी मान्छेको घरमा मात्र किन थुप्रिन्छ भन्ने कुरा बुझौँ ¤ जहिलेसुकै समाचार सुन्दा भ्रष्टाचार भएको, सरकारमा गएका नेताहरूले राज्यको ढुकुटी लुटेको मात्र सुनिन्छ भनेर दिक्क मान्नेभन्दा पनि यस्तो अपराध र विकृतिलाई रोक्ने उपाय के हुनसक्छ भनी युवाहरूबीच छलफल गरौँ ¤ गलत क्रियाकलापको विरुद्ध सबैजना एकजुट भएमा परिवर्तन अवश्य हुन्छ भन्नेमा विश्वास गरौँ ¤”
सबै बहिनीहरू ध्यानपूर्वक मेरो कुरा सुनिरहेका थिए । मैले कार्यालयमा रहेको दराजबाट केही पुस्तकहरू निकालेर अध्ययनका लागि सबैलाई दिएँ । दिएका पुस्तकहरू हुन् ः
-मार्ग निर्देशनबारे भाइबहिनीलाई चिठी
-साइन्स र डाक्टरी पढ्ने भाइबहिनीलाई चिठी
-राजनैतिक कार्यकर्ता बन्ने भाइबहिनीलाई चिठी
-जनताको साहित्य र साहित्यकार
-माओ त्सेतुङको जीवनी
-चम्किलो रातो तारा
-डा. कोटनिसको जीवनी
हातमा पुस्तक परेपछि खुशी भई बहिनीहरू अर्कोपल्ट भेट्ने वाचासहित बिदा भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *