भर्खरै :

अध्यक्ष का. रोहितको अन्तर्वार्ता सङ्कलन (अङ्ग्रेजी) बारे

पुराना प्रकाशनको खोजी तथा अध्ययनले नयाँ पुस्तालाई मार्गनिर्देश गर्छ, ऊर्जाशील बनाउँछ । हिजोका सङ्घर्षका पृष्ठहरू पल्टाई त्यस्तै सङ्घर्षशील भावना हुर्काउन पुराना पुस्तक र पुस्तिका अध्ययन अनिवार्य छ । के पुस्तक पुरानो हुन्छ ? पुस्तकभित्रको विचार पुरानो हुँदैन । हिजोका भोगाइ, गतिविधि र पृष्ठभूमि सबै इतिहास बन्छ । नयाँ पुस्ताले ती विचार आत्मसात् गरे वर्तमानमा पनि इतिहास बाँचिरहन्छ । पुस्तकालय र दराजभित्र थन्किएका साहित्यको पुनः अध्ययनले नयाँ पुस्तालाई धरातलतिर फर्काउँछ । पुरानो पार्टी प्रकाशन खोजी अध्ययन गर्ने क्रममा २०५४ सालमा अङ्ग्रेजी भाषामा प्रकाशित पुस्तिका ‘नेपालको समसामयिक राजनीतिमा कामरेड रोहित’ (कामरेड रोहित अन करेन्ट पोलिटिक्स अफ नेपाल) भेटियो । पुस्तिकाभित्र ३ अन्तर्वार्ता र ३ लेखहरू छन् । पुस्तिकाले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँसँग भेट गराउँछ ।

नेमकिपाको वैचारिक स्पष्टता र परिपक्वताप्रति शासक दलको रोष त्यतिबेला अझ बढी थियो सायद । एउटा प्रश्नमा अध्यक्ष रोहितले भन्नुभयो, “हाम्रो पार्टीलाई न पञ्च न त काङ्ग्रेसले हानी गर्न सक्छ ।” कम्युनिस्टकै नाममा एमालेले नेमकिपाको चितवन, सप्तरी, ओखलढुङ्गा, कालीकोट, हुम्ला, डोल्पा, मुगु, काभ्रे, सिन्धुपाल्चोक, जुम्ला, दैलेख, दोलखा, सर्लाहीलगायतका जिल्लाहरूमा सङ्गठन बिगा¥यो । सर्पको खुट्टा सर्पले नै देख्छ भनेझैँ कम्युनिस्टकै खोल ओढी कम्युनिस्ट कमजोर बनाउने काम गरिन्छ ।

नेपालको कम्युनिस्ट आन्दोलनका एक जुझारु र विचारमा प्रतिबद्ध नेता का. रोहितसँग साक्षात्कार गराउँछ । पुस्तिका तत्कालीन समयको राजनीतिक परिवेशसँग सम्बन्धित भएपनि वर्तमान राजनीतिक वृतसँग तुलनायोग्य छ । जनताको बलमा पञ्चायती व्यवस्था ढलिसकेपछि नेपाली काङ्ग्रेसले देशको बागडोर सम्हाल्यो । नेपाली काङ्गे्रसको सरकारमा प्रमुख प्रतिपक्ष एमाले थियो । ती अहिले ठिक उल्टो स्थानमा छन् तर चरित्र उस्तै छ । सरकारमा रहँदा काङ्ग्रेसले जे–जे जनद्रोही कार्य ग¥यो त्यही काम आज नेकपा दोहो¥याउँदै छ । यस पुस्तिका आजको परिस्थितिसँग तुलनात्मक अध्ययनको लागि उपयोगी छ । हिजोको जटिल राजनीतिक परिवेशमा अध्यक्ष रोहितले कस्तो भूमिका निर्वाह गर्नुभयो, त्यसको सानो खण्ड यसमा पढ्न पाइन्छ ।
पुस्तिकाले अध्यक्ष नारायणमान बिजुक्छेँको व्यक्तित्व र कम्युनिस्ट आन्दोलनमा भूमिकाबारे प्रस्ट्याउँछ । नारायणमान बिजुक्छेँ (रोहित) एक सच्चा क्रान्तिकारी नेता हुनुहुन्छ जसले प्रगतिशील वामपन्थी आन्दोलनमा नेतृत्व गरी प्रजातन्त्र स्थापनार्थ १८ वर्षको उमेरदेखि सक्रियतापूर्वक सङ्घर्ष गुर्नुभयो । संसद्मा का. रोहित सर्वसाधारण जनताको समस्या राख्नुहुन्थ्यो । जनताका अधिकारहरूका निमित्त प्रश्न उठाउनुहुन्थ्यो । अन्य ठूला पार्टीहरूले पटकपटक आप्mनो बोली फेरे, विचार फेरे तर का. रोहित आप्mनो विचारमा अडिग रहनुभयो । तत्कालीन समयमा देशका निम्ति प्रजातन्त्रको पक्ष लिनु नै जनपक्षीय अडान थियो । उहाँ संसद्बाटै एउटा आदर्श समाज बन्न सक्छ भन्नेमा पटक्कै विश्वास गर्नुहुन्नथ्यो । तथापि, ठूला र शासक पार्टीका जनविरोधी गतिविधिमा खबरदारी गर्नुका साथै जनताको चेतना जगाउनका निमित्त संसद्को क्रान्तिकारी उपयोग जरुरी छ भन्नुहुन्थ्यो । आप्mनो दृष्टिकोणमा सदा सन्तुलित रहने, ढुलमुलेपन नदेखाउने, असाध्यै शिष्ट र मृदुभाषी कम्युनिस्ट नेता हुनुहुन्छ का. रोहित । जीवनको १० वर्ष त उहाँले भारत प्रवास र जेलमा बिताउनुभयो । का. रोहित क्रान्तिको मुख्य आधार र शक्ति जनता नै हुन्, भन्नुहुन्छ । पुस्तिकाबाट का. रोहितलाई यसरी चिनाइएको छ ।
‘कम्युनिस्ट नामधारीले नै कम्युनिस्टलाई सिध्याउँछ’ शीर्षकको अन्तर्वार्ता ‘पिपल्स रिभ्यू’ का प्रतिनिधि टेकबहादुरले लिएका हुन् । यस अन्तर्वार्तामा तत्कालीन समयमा काङ्ग्रेस सरकारको भूमिकामाथि का. रोहितको खण्डन र आलोचना छ । नेपाली काङ्ग्रेस सत्ता र कुर्सीको उन्मादमा लिप्त बनिरहेको र जनताका आकाङ्क्षामाथि घात गरिरहेको त्यो समयमा का. रोहितले भन्नुभएको थियो – “सरकार चलाउनु गुलाबको ओछ्यानमा सुत्नु होइन नकि एउटा परिवार चलाउनु जस्तो सजिलो काम हो । बहुदलीय व्यवस्थामा प्रतिपक्ष र साना दलको विचार र विरोध मनन गनुपथ्र्यो तर गरिएन ।” नेकाले आप्mनो राजनीतिक नैतिकता मात्र होइन नैतिक दायित्व समेत भुलिरहेको प्रति उहाँले आलोचना गर्नुभयो ।
नेमकिपाको वैचारिक स्पष्टता र परिपक्वताप्रति शासक दलको रोष त्यतिबेला अझ बढी थियो सायद । एउटा प्रश्नमा अध्यक्ष रोहितले भन्नुभयो, “हाम्रो पार्टीलाई न पञ्च न त काङ्ग्रेसले हानी गर्न सक्छ ।” कम्युनिस्टकै नाममा एमालेले नेमकिपाको चितवन, सप्तरी, ओखलढुङ्गा, कालीकोट, हुम्ला, डोल्पा, मुगु, काभ्रे, सिन्धुपाल्चोक, जुम्ला, दैलेख, दोलखा, सर्लाहीलगायतका जिल्लाहरूमा सङ्गठन बिगा¥यो । सर्पको खुट्टा सर्पले नै देख्छ भनेझैँ कम्युनिस्टकै खोल ओढी कम्युनिस्ट कमजोर बनाउने काम गरिन्छ । एमाले शक्तिमा आउनु कम्युनिस्टहरूको थप बदनाम गर्नु हुनेछ भन्ने अनुमान का. रोहितले उत्तिबेलै गर्नुभएको थियो । नेपालको वामपन्थी आन्दोलनमा एमाले संशोधनवादी पार्टी हो । संशोधनवादी विचारले प्रजातन्त्र कमजोर बन्छ । काङ्ग्रेस र गिरिजाप्रसाद कोइरालाको ठाउँमा एमाले आएर देशमा परिवर्तन हुन्न । रुसमा कम्युनिस्ट शासन ढल्नुको कारण तिनले माक्र्सवादको ठाउँमा संशोधनवादी विचारलाई अगाडि सारे । परिणामस्वरूप सोभियत रुस टुक्रा – टुक्रा बन्यो । जहाँ माक्र्सवादको रातो झन्डा फहराइएको छ, त्यहाँ समाजवाद बाँचेको छ ।
पुँजीवाद सङ्कटमा छ । औद्योगिक देशहरू पनि एक आपसमा खुट्टा तान्ने काम गर्दै छन् । पहिलो विश्वले तेस्रो विश्वका देश र जनतालाई दबाउन खोजिरहेको छ । तेस्रो विश्वका देशहरूको एकताले विश्व पुँजीवादविरुद्ध लड्नेछ भन्ने भावना पुस्तिकामा अभिव्यक्त छ ।
का. रोहितले पञ्चायती व्यवस्था अन्त्यपछि पनि काङ्ग्रेसले जनतालाई सुख नदिएको र प्राप्त प्रजातन्त्र पुँजीवादी प्रजातन्त्रको रूपमा व्याख्या गर्नुभयो । नेपाली काङ्ग्रेस शान्ति भङ्ग गर्दै थियो । प्रशासनलाई काङ्ग्रेसीकरण, कृपावाद, प्रशासनिक अराजकता, निजीकरण राष्ट्रिय पुँजीमाथि हमला काङ्ग्रेसको पहिचान बन्दै थियो । जनताको असन्तुष्टि बढ्न थाल्यो । मध्यावधि निर्वाचनहरू हुन थाले । ४ वर्षमा २ निर्वाचन अस्वाभाविक सुनिन्छ तर त्यही निर्वाचनहरूबाट एमाले माथि चढ्यो र काङ्ग्रेस एमाले सँगसँगै बसेर काम गर्न थाल्यो । पुस्तिकामा दासढुङ्गा काण्डको विषयमा पनि चर्चा छ । त्यतिबेला का. रोहितले यो राजनीतिक षड्यन्त्रसँग जोडिएको काण्ड नसल्टिन पनि सक्छ भन्नुभएको थियो ।
भक्तपुरलाई एक मोडल सहरको रूपमा विकास किन नगरेको भन्ने प्रश्नमा का. रोहितले भन्नुभएको थियो । भक्तपुर एउटालाई बाँकी देशसँग छुट्ट्याउन सकिन्न । हिजो युरोपेलीहरू पनि आदर्श समाज निर्माण गर्न असफल भएका थिए । एक गिलास फोहोर पानी सफा गर्नुभन्दा पोखरी सफा गर्नु बुद्धिमत्तापूर्ण हुन्छ ।
पुस्तिकामा साना पार्टीहरूले चुनाव चिन्ह प्राप्तिका निम्ति गरेका सङ्घर्षहरू छन् । नेमकिपाले ‘मादल’ चिन्ह प्राप्त गर्न कानुनी र सडक दुईटै सङ्घर्ष ग¥यो । ३ प्रतिशतको मतसीमा पार्टीमाथि लगाइयो । ३ प्रतिशत नल्याउने राष्ट्रिय पार्टी नरहने व्यवस्थाविरुद्ध नेमकिपा निरन्तर लड्यो । आजको परिदृश्य पनि त्यस्तै छ । साना पार्टीहरूले पनि नेपालको राजनीतिमा ठूलो र महत्वपूर्ण योगदान गर्न सक्दछ भन्ने थुप्रै दृष्टान्त पुस्तिकाभित्र छ । साना पार्टीको कार्य र योगदान ठूलो र भूमिका व्यवस्थित थियो । काङ्ग्रेस – एमालेले अपरिपक्वता देखाइरहँदा नेमकिपा परिपक्व निर्णय र व्यवहार देखाउँदै थियो । काङ्ग्रेस पुँजीपतिहरूको पार्टी हो भन्नेमा दुईमत थिएन । एमाले पनि उदार र पश्चिमको समर्थक हुनुले जनता खुसी थिएनन् । त्यसमाथि संसद् विघटन भयो । राजनीतिक अपरिपक्वताको पराकाष्ठा ठूला दलले नै नाघे ।
यसरी नेपालको राजनीतिक वृत्तमा साना दललाई ठूला दलले दबाउन खोज्ने काम आज पनि उस्तै छ । फरक यति हो कि, हिजो नेपाली काङ्ग्रेसले जनता लुट्थ्यो, आज नेकपाले । पुस्तिका पठनीय हुनुका साथै सङ्ग्रहणीय पनि छ । अङ्ग्रेजी भाषामा प्रकाशित यस पुस्तिका विदेशी मित्रहरूसँग विचार आदान प्रदानका निम्ति उपयुक्त हुन सक्दछ । पार्टीले हिजोका दिनमा प्रकाशनमा ल्याएका यस खालका पुस्तिका, बुलेटिनहरू पुनः प्रकाशित गरे नयाँ पुस्ता थप कृतज्ञ हुने थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *