‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
भक्तपुर, ४ भदौ । बिहीबारको तथ्याङ्कअनुसार भक्तपुर नपा वडा नं १ नपली सल्लाघारीका एक जना २० वर्षकी महिला कोभिड–१९ सङ्क्रमित भएकी छिन् । उनी नपलीमा डेरा गरी बस्दै आएका हुन् । उनी डेरा गरेको घर प्रहरीले बिहीबार बेलुकी सिल गरेको स्थानीय वडाअध्यक्ष श्यामकृष्ण खत्रीले बताउनुभयो । सङ्क्रमितलाई हाल खरिपाटीस्थित आइसोलेसन केन्द्रमा पठाइएको छ ।
भक्तपुर नपा वडा नं ९ चोखाभानेका एक जना ४२ वर्षका पुरुष पनि कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित काठमाडौं टुकुचामा तरकारी लाने गाडीका चालक भएको खुलेको छ । उनमा कुनै पनि खालको रोगको लक्षण नदेखिएको हुँदा चिकित्सकको सल्लाहमा घरमै आइसोलेसनमा रहेको बताइएको छ ।
तनहुँको दमौली घर भई हाल भक्तपुर नपा वडा नं १० कमलविनायक आवास क्षेत्रमा डेरा गरी बसेका एक जना पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ । सनराइज बैङ्क गोगबुँ शाखाका कर्मचारी उनी हाल खरिपाटीस्थित आइसोलेसन सेन्टरमा रहेको भक्तपुर नपा वडा नं १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले बताउनुभयो । बिहीबार बिहान उनी डेरा बस्दै आएको घरमा प्रहरीले सिल गरेको छ । सूर्यविनायक नगरपालिकाको सुन्दरबस्ती र बालकोटका २८–२८ वर्षका एक–एक जना महिलामा कोभिड–१९ सङ्क्रमण फेला परेको छ । जिल्ला स्वास्थ्य कार्यालय, भक्तपुरले दिएको जानकारीअनुसार बिहीबार नै मध्यपुर थिमि नपामा ६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले दिनुभएको जानकारीअनुसार मध्यपुर थिमि नपा वडा नं ८ बोडेका एक जना ३३ वर्षका पुरुषमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । मध्यपुर थिमि नपा नगदेशका ४५ वर्षका एक जना पुरुष पनि सङ्क्रमित भएको स्रोतले बताएको छ । त्यस्तै मध्यपुर थिमिका २५ र ४० वर्षका दुई जना पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ । मध्यपुर नपा वडा नं ९ का ५४ वर्षका एक जना पुरुषमा पनि कोभिड–१९ पुष्टि भएको छ ।
सप्तरी घर भई हाल मध्यपुर थिमि नपा लोकन्थली बस्दै आएका २६ वर्षका एक पुरुष पनि सङ्क्रमित भएका छन् ।
Leave a Reply