राष्ट्रवादको गलत व्याख्या …. !?
- कार्तिक १२, २०८३
काठमाडौँ, ४ भदौ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोभिड–१९ को महामारी नियन्त्रणमा निजी अस्पताल र स्वास्थ्य संस्थाहरूले सरकारलाई सहयोग नगरेको बताएका छन् ।
बिहीबारको प्रेस बिफ्रिङमा महामारीले उचाइ लिइरहेको बेलामा निजी स्वास्थ्य क्षेत्रले सरकारको पहललाई सहयोग नगरेको गुनासो गरेका हुन् । “निजी स्वास्थ्य क्षेत्रको सहयोगको निम्ति हाम्रो प्रयास अझै सफल भएका छैनौँ”, गौतमले भने ।
कोरोना भाइरसको महामारी नेपालमा भित्रिएदेखि नै सो रोगको प्रतिरोधमा निजी अस्पतालहरूले असहयोग गर्दै आएका छन् । निजी अस्पतालको असहयोग गरेको विषयमा स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरूले यसअघि पनि सार्वजनिकरूपमै बोलेका थिए । बाग्लुङ जिल्लामा कोरोनाका केही सङ्क्रमित फेला पर्दा त्यहाँका निजी अस्पतालहरूले सबै सेवा बन्द गरेका थिए । सामान्य अवस्थामा बिरामीलाई तानातान गर्ने र आवश्यक अनावश्यक परीक्षण गरी पैसा कमाउने निजी अस्पतालहरूले जनता आपत् परेको रोकथामको निम्ति सहयोग नगरेको भनी सर्वसाधारण आक्रोशित भएका थिए । त्यत्तिबेला पनि कोरोना भाइरस फैलिएको मौकामा सरकारले सबै निजी अस्पतालको राष्ट्रकरण गर्नुपर्ने आवाज उठेको थियो ।
कोरोना महामारीको कारण सरकारी अस्पतालहरूले कोरोनाबाहेकका रोगको उपचार गर्न अनकनाइरहेका छन् । सरकारी अस्पतालले उपचार नगरेपछि बिरामीहरू उपचारको निम्ति निजी अस्पतालमा जान बाध्य छन् । निजी अस्पतालमा ‘अन्यत्र उपचार सम्भव नभएको बेला जोखिम मोलेर उपचार गराएको’ भन्दै बिरामीबाट चर्को शुल्क असुल गरिरहेका छन् । कोरोनाको महामारी सरकारी अस्पतालका चिकित्सकको निम्ति जोखिम बनेको छ भने निजी क्षेत्रका स्वास्थ्यकर्मीको निम्ति थप पैसा कमाउने अवसर बनेको छ ।
सरकारी अस्पतालका कतिपय चिकित्सकहरूसमेत कोरोनाको जोखिम भएको भन्दै बिदामा बसेर निजी क्लिनिक र अस्पतालमा गएर अकुत पैसा कमाउने धन्दामा लागेका छन् । सरकारले तोकेका कोरोनाको उपचार गर्ने अस्पतालमा शय्यामात्र होइन, जनशक्तिको समेत अभाव हुन थालेको छ ।
यस्तो अवस्थामा निजी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरू सरकारले खटाएको ठाउँमा परिचालित हुन आवश्यक छ । महामारी प्रतिरोधको निम्ति लड्ने निजी क्षेत्रको पनि महत्वपूर्ण भूमिका हुनुपर्छ । निजी अस्पतालहरू कुनै विशाल बजार होइनन् । तिनीहरू पनि सिङ्गो देशलाई भयातुर बनाएको महामारीसँग लड्ने जिम्मेवार बनाउनुपर्छ ।
Leave a Reply