‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
भक्तपुर, ४ भदौ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको बेला भक्तपुर औद्योगिक क्षेत्र चालू छ । के यो औद्योगिक क्षेत्रका टेक्सटायल र डाइङ्ग उद्योगहरू अत्यावश्यक सेवाभित्र पर्दछ ? केही दिन यो औद्योगिक क्षेत्रमा काम गर्न तराईबाट आएका तीन जनामा कोभिड–१९ पुष्टि भएको थियो ।
यो औद्योगिक क्षेत्रको बीचमा सार्वजनिक इन्द्रायणी सडकसमेत परेको छ र सहरभित्रका किसानहरूको खेततर्फ आउजाउ सो सडकबाट भइरहेको छ । यो औद्योगिक क्षेत्रभित्रका अत्यावश्यक उद्योगमात्र सञ्चालन गराई टेक्सटायल, ड्राइङ्गलगायत उद्योगहरू अविलम्ब बन्द गराई निषेधाज्ञा पालना गर्नु गराउनु आवश्यक छ । एक क्षेत्रमा पनि निषेधाज्ञा तोडिए बिस्तारै अन्य क्षेत्रमा पनि निषेधाज्ञा तोडिनेतर्फ जिल्ला प्रशासन कार्यालय, भक्तपुरको ध्यान जानु आवश्यक छ ।
नेपाल सरकारले आ.व. २०७२÷७४ को बजेट वक्तव्यमा काठमाडौँ उपत्यकाका औद्योगिक क्षेत्र स्थानान्तरण गर्ने प्रतिबद्धता गरेको थियो । भक्तपुर औद्योगिक क्षेत्रमा पूर्व उद्योगमन्त्रीसमेतको उद्योग भएको हुँदा निषेधाज्ञा उल्लङ्घन गरी सञ्चालन भइरहेको जनताको गुनासो छ । भक्तपुर नगरपालिकाको नगर परिषद्ले भक्तपुुर औद्योगिक क्षेत्रभित्रका ध्वनी र धुवाँले उद्योगहरूको कारण स्थानीय जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पारेको हुँदा सो औद्योगिक क्षेत्र स्थानान्तरण गर्न प्रस्ताव पारित गरी सरकारलाई आग्रह गरिसकेको छ । यो क्षेत्रका उद्योगहरूसँग सेटिङ मिलाई बसेको औद्योगिक क्षेत्र व्यवस्थापन लि. को बेवास्ताकै कारण औद्योगिक क्षेत्र स्थानान्तरणमा विलम्ब भइरहेको र ध्वनी र धुवाँ चौबीसै घण्टा फाल्ने उद्योगहरूको एकछत्र राज भइरहेको स्थानीय जनताको गुनासो छ ।
Leave a Reply