भर्खरै :

यसपालि परिवारसँग घरभित्रै तीज

काठमाडौँ, ४ भदौ । विगतका वर्षमा तीजको एक महिनाअघिदेखि दर खाएर रमाइलो गर्दै आइरहेका महिला यस वर्ष भने कोरोना कहरले घरभित्रै बसेका छन् । कोरोना भाइरसका कारण नेपाल पनि ठूलो पीडामा छ । काठमाडौँ उपत्यकामा सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको जनाउँदै निषेध आदेश बिहीबारदेखि जारी गरेको छ । यसका कारण अत्यावश्यकबाहेक अन्य सम्पूर्ण सेवा बन्द छन् ।
विगतका वर्षमा दिदीबहिनीहरूलाई घरमै बोलाएर दर खुवाउनमा व्यस्त रहने स्थानीय सीता परियारले यस वर्ष भने कुनै तयारी गर्नुभएको छैन । भन्नुहुन्छ, “दिदीबहिनी बिनाको तीजको के अर्थ ?”
त्यसो त उहाँको मनमा कोरोना लागिहाल्छ कि भन्ने भय नभएको होइन । जथाभावी चाडपर्व मनाउँदा झनै रोगको सङ्क्रमण बढ्न सक्ने भन्दै सरकारले निषेधाज्ञा जारी गर्नु सकारात्मक रहेको उहाँको तर्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *