भर्खरै :

पोखरा–लेखनाथ– १६ मा एमाले विजयी

पोखरा, ९ जेठ । पोखरा लेखनाथ महानगरपालिका–१६ मा नेकपा(एमाले) को समूह नै विजयी भएको छ ।
वडा नं १६ का वडाध्यक्षमा विजयी एमालेका जीवनप्रसाद आचार्यले तीन हजार १३३ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पद्मसिंह गुरुङले दुई हजार ८६८ मत पाउनुभएको छ ।
त्यस्तै महिला सदस्यमा गोमादेवी गौतम र दलित महिला सदस्यमा विष्णु नेपाली तथा खुला सदस्यमा मेहरमान थापा र राजेश गुरुङ निर्वाचित हुनुभएको छ ।
पछिल्लो मत परिणामानुसार महानगरपालिका प्रमुखमा एमालेका मानबहादुर जिसीले २८ हजार ८६६ र काँग्रेसका रामजी कुँवरले २४ हजार ६६५ मत पाउनुभएको छ । त्यस्तै उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले २७ हजार २३८ र काँग्रेसकी सरस्वती गुरुङले २३ हजार २२० प्राप्त गर्नुभएको छ । अब १२ वटा वडाको मतगणना जारी छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *