कङ्गोमा एक हजार जनाभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
- असार ११, २०८३
देशका विभिन्न जिल्लामा जस्तै काठमाडौँ उपत्यकाका तीन जिल्लामा पनि दिनप्रतिदिन कोरोना भाइरस सङ्क्रमितहरूको सङ्ख्या बढिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३०१ जना कोरोना सङ्क्रमित थपिएका छन् । काठमाडौँमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । यससँगै काठमाडौँमा कुल सङ्क्रमितको सङ्ख्या ३ हजार १८१ पुगेको छ भने ललितपुरमा कुल सङ्क्रमितको सङ्ख्या ५१० र भक्तपुरमा ३२४ पुगेको छ । सङ्क्रमितको सङ्ख्या बढेसँगै उपत्यकाका सरकारी अस्पतालहरूमा उपचारका लागि शय्याको अभाव हुन थालेको खबर पनि आएका छन् । हुँदा हुँदा अहिले त रोगको लक्षणसहितका बिरामीलाई पनि घरमै वा डेराको कोठामै आइसोलेसनमा बस्न भनिएको छ । लक्षणसहितका ती सङ्क्रमितले आफूलाई लागेको कोरोना अरुलाई नसरोस् भन्ने पवित्र उद्देश्यले आइसोलेसन सेन्टरमा गएर बस्ने निर्णय लिए । तर, निर्णय लिएर के गर्नु ¤ काठमाडौँमा आइसोलेसन सेन्टर नै बनेको छैन । कोरोना सङ्क्रमितलाई राख्ने उद्देश्यले सरकारले आइसोलेसन सेन्टर बनाउनेतिर कुनै ध्यान नदिएको स्पष्ट छ । आइसोलेसनको सबै जिम्मेवारी स्थानीय तहहरूलाई दिएको बताएर सङ्घीय र प्रदेश सरकारहरू पन्छिइरहेका छन् भने स्थानीय तहहरू आफूसित स्रोतसाधन र दक्ष जनशक्ति छैन भनी पछाडि हटिरहेका छन् ।
के कोरोना दिनको हजारौँ रुपैयाँ तिरेर होटलहरूमा आइसोलेसनमा बस्नसक्ने वा निजी अस्पतालमा उपचार गर्न सक्नेहरूलाई मात्र लाग्ने हो ? रोग लागेपछि गरिबले के उपचार नपाएर नै मर्नुपर्ने हो ? त्यसभन्दा ठूलो चिन्ता त सङ्क्रमितहरू हाम्रो टोलछिमेकमा असुरक्षित तरिकाले रहन र हिँड्ज थालेमा सरकारको कोरोना नियन्त्रणको कथित प्रयास कहाँ पुग्ने हो ?
Leave a Reply