शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
सिकागो, २६ अगस्ट । संरा अमेरिकाको मध्यपश्चिम विसकनसिन राज्यको दक्षिणपश्चिम छेउमा अवस्थित केनोशामा प्रहरीले कालो समुदायका ज्याकोब ब्लेकलाई ढाडमा सातपटक नजिकबाट गोली हानेपछि संरा अमेरिकामा फेरि प्रदर्शन सुरु भएको छ । ज्याकोबको परिवारले केनोशाको प्रहरी विभागविरुद्ध मुद्दा दायर गर्ने छ ।
ज्याकोब परिवारका वकिल बेन क्रुम्पले ज्याकोबको अवस्था केही गर्न नसक्ने भएको जानकारी दिए । “उनले हिँडडुल गर्न अब कुनै चमत्कार नै हुनुपर्छ”, उनले भने ।
तीन महिनाअघि संरा अमेरिकाकै मिनिसोटा राज्यको मिनिओपोलिसमा प्रहरीले जर्ज फ्लोड नामका एक जना कालो समुदायका पुरुषको घाँटीमा घुँडा टेकेर निर्मम हत्या गरेको थियो । क्रुम्पले त्यत्तिबेला पनि फ्लोडको पक्षमा वकालत गरेका थिए ।
“उनीहरूले मेरो छोरालाई सात पटक गोली हाने । सात पटक । मानौँ मेरो छोराको कुनै अर्थ छैन । तर, मेरो छोरोको जीवनको अर्थ छ । ऊ मानिस हो र उसको जीवनको अर्थ छ”, ज्याकोबका पिताले भने ।
ज्याकोबमाथिको गोली प्रहारको विरोधमा केनोशादेखि विसकनसिनको राजधानी म्याडिसन र मिनिसोटाको मिनिआपोलिससम्म पनि विरोध प्रदर्शन सुरु भएको छ ।
केनोशामा राति ८ बजे जारी निषेधाज्ञा आदेशको उल्लङ्घन गर्दै आक्रोशित जनताले केही भवन र सवारी साधनमा आगजनी गरेका थिए । ३० भन्दा बढी व्यापारिक संस्थाका कार्यालयमा क्षति पुगेको बताइएको छ ।
विनकनसिन नेशनल गार्डका १२५ जना सदस्यहरूले पहरा दिइरहेको चौकीमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
म्याडिसनमा घरहरूका झ्याल ढोकामा तोडफोड हुनुका साथै केही पसलमा आगजनी र लुटपाट भएको थियो । प्रहरीले प्रदर्शनकारीहरूमाथि अश्रुग्यास र पिरो धुलो छर्किएको थियो । केही प्रदर्शनकारीहरूलाई गिरफ्तार गरिएको थियो ।
विसकनसिनका गभर्नर टोनी त्र्सले अवस्था बिग्रेपछि आपत्कालको घोषणा गरेका छन् । उनले थप विनकनसिन नेशनल गार्ड परिचालन गरेको छ ।
मिनिआपोलिसमा कम्तीमा एघार जना प्रदर्शनकारीहरू पक्राउ परेका छन् ।
आगामी नोभेम्बरमा हुने निर्वाचनमा डेमोक्रेटिक दलका उम्मेदवार जो बाइडेनले सोमबार एक वक्तव्य जारी गरी सो घटनाप्रति खेद प्रकट गरेका छन् । उनले त्यस्तो घटनाबाट ‘हाम्रो राष्ट्रको आत्मामा चोट लागेको’ बताएका छन् । उनले वक्तव्यमा भनेका छन्, “काला अमेरिकीहरू र धेरैको लागि समान न्याय प्राप्त भइरहेको छैन ।”
“हामी सङ्क्रामक बिन्दुमा छौँ । हामीले प्रणालीगत जातिवादलाई ध्वस्त बनाउनुपर्छ”, उनले भने ।
विनकनसिनको न्याय विभागका अपराध अनुसन्धान विभागले घटनाको अनुसन्धान गरिरहेको छ ।
Leave a Reply