नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
लामो समयको अलमल पश्चात अन्ततः बुधबार बिहानबाट साझा बस सेवाले भक्तपुरसम्म आफ्नो सेवा विस्तार गरेको छ । बुधबार बिहान भक्तपुरको सुर्यबिनायक आइपुगेको साझा बसलाई स्थानीयले स्वागत गरेका छन् ।
साझाले स्वयम्भुदेखि भक्तपुरको सुर्यबिनायकसम्म आफ्नो सेवा शुरु गरेको हो ।
जम्मा २७ किमि लामो रुटका लागि साझाले आफ्ना बीस वटा बस चलाउने भएको हो । बिहान ५ः३० बजेबाट स्वयम्भुबाट शुरु हुने साझा सेवा राति ८ः०० बजे सुचारु रहने स्रोतले बताएको छ ।
केही पर्यवेक्षकहरु विगतमा भक्तपुरमा चल्ने गरेका जापानी साझा बसहरु जस्तै यो पटक पनि केही समयको पाहुना मात्र नहोस् भनी शुभकामना व्यक्त गरेका छन् ।
स्वयम्भुबाट कलंकी, कालीमाटी, टेकु, नेपाल एयरलाइन्स, रत्नपार्क, शहिदगेट, त्रिपुरेश्वर, थापाथली, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, लोकन्थली हुँदै साझा बस भक्तपुरको सल्लाघारीसम्म पुग्ने रुट तय भएको छ ।
साझाको सेवा बिस्तारको विषयमा आपत्ति जनाउँदै आएका भक्तपुरका यातायात समितिहरु पनि साझासँग प्रतिस्पर्धा गर्न आफू तयार रहेको प्रतिक्रिया दिएका छन् । उनीहरुले साझालाई भक्तपुरका ग्रामीण भेगमा पनि आफ्नो सेवा बिस्तार गर्न चुनौती समेत दिएका छन् ।
केही पर्यवेक्षकहरु विगतमा भक्तपुरमा चल्ने गरेका जापानी साझा बसहरु जस्तै यो पटक पनि केही समयको पाहुना मात्र नहोस् भनी शुभकामना व्यक्त गरेका छन् ।
Leave a Reply