भर्खरै :

दैलेखमा भक्तपुर काण्डको भत्र्सना

दैलेख, ११ भदौ । दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं १, २ र ३ को संयुक्तरूपमा भक्तपुर काण्डको स्मरण गरियो । पार्टी कार्यकर्ता, शिक्षक, बुद्धिजीवी, विद्यार्थी, महिला र पार्टी शुभचिन्तकहरूको उपस्थितिमा सामाजिक दुरी कायम गरी भएको उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका जिल्ला सदस्य तथा चा.वि.न.पा. ३ का वडा अध्यक्ष निरकबहादुर शाहीले नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्न पञ्चायती राज्यस्तरबाट षड्यन्त्र रचिएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, पञ्चायती सरकारले २०४५ सालको भूकम्पलाई आफ्नो निहित स्वार्थपूर्ति गर्ने अवसर ठान्यो । यसको लागि कर्णप्रसाद ह्योजूलाई ‘बलिको बोका’ बनाई वास्तविक पीडितहरूलाई राहत वितरण नगरी पक्षपात गरियो । पञ्चायती सरकारले ह्योजूको हत्या गरी सोको आरोप नेमकिपाका श्रद्धेय नेता नारायणमान बिजुक्छेँलगायत सयौँ कार्यकर्तालाई पक्राउ गरी खानतलासीको नाममा लुटपाट गरी दुःख दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *