भर्खरै :

क्वाठण्डौ नासद्यः मा संक्रमित

भक्तपुर, १२ भदौ । भक्तपुर नगरपालिका वडा नं १० क्वाठण्डौ नासद्यः की एक महिलामा नोबेल कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५९ वर्षकी उनले कतै यात्रा गरेको देखिएको छैन । उनी आफ्नै घरमा राखिएको पसलमा बस्ने गर्थिन् । उनलाई सामान्य ज्वरो आएको थियो र सामान्य उपचार गर्दा पनि निको नभए पछि भक्तपुर अस्पतालमा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
हाल उनको घर वरपरका केही घरमा प्रहरीले सिल गरेको छ । उनलाई शुक्रबार बिहान खरिपाटीस्थित आइसोलेसन केन्द्रमा लगिएको भक्तपुर नपा वडा नं १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *