भर्खरै :

एमालेले आयोगको निर्णय नमान्दा मतगणना सुचारु हुनसकेन

निर्वाचन आयोगको जवाफी प्रतिक्रिया बमोजिम नेकपा एमाले चाँगुनारायण नगरपालिका वडा नं ३ र ४ का मत पुनः गणना गर्न नमाने पछि पाँच दिनदेखि अवरुद्ध मतगणना प्रक्रिया अनिश्चित भएको छ । निर्वाचन आयोगले वडा नं १ र २ को पुनःमतगणना गर्न नसकिने, ३ र ४ को मात्र पुनःमतगणना गर्न सकिने भनी जवाफ पठाएकोमा एमाले असहमत भए पछि मतगणना सुचारु हुन नसकेको हो ।

मादल, रुख र गाईमा छाप भएका मतपत्र सुर्य चिन्हमा छाप भएका मतपत्रको चाङ भेटिएपछि धाँधली भएको भन्दै नेपाली काँग्रेस, नेमकिपा, राप्रपा, नयाँ शक्ति र माओवादी केन्द्रले मतगणना सम्पन्न भइसकेका वडा नं १ देखि ४ सम्मकै पुनः मतगणना गर्नुपर्ने माग गरेका थिए । कांग्रेसले मतगणना भइसकेका ४ मध्ये दुई वटा वडामा विजय हासिल गरिसकेको भए पनि सबै वडामा पुनः मतगणना गर्न माग गरेको थियो ।

एमालेले हाल आएर चार वटै वडाको पुनः मतगणना गर्नु पर्नेमा अडान राख्दै आएको छ । बुधबार एक वक्तव्य जारी गरी नेकां, नेमकिपा, माओवादी केन्द्र, राप्रपा र नयाँ शक्तिका प्रतिनिधिहरु आफू निर्वाचन आयोगको जवाफअनुसार वडा नं ३ र ४ को पुनःमतगणना गर्नमा सहमत भएको बताएको छ ।
मादल, रुख र गाईमा छाप भएका मतपत्र सुर्य चिन्हमा छाप भएका मतपत्रको चाङ भेटिएपछि धाँधली भएको भन्दै नेपाली काँग्रेस, नेमकिपा, राप्रपा, नयाँ शक्ति र माओवादी केन्द्रले मतगणना सम्पन्न भइसकेका वडा नं १ देखि ४ सम्मकै पुनः मतगणना गर्नुपर्ने माग गरेका थिए । कांग्रेसले मतगणना भइसकेका ४ मध्ये दुई वटा वडामा विजय हासिल गरिसकेको भए पनि सबै वडामा पुनः मतगणना गर्न माग गरेको थियो । पछि एमाले समेत चार वटै वडाको मतगणनामा सहमत भएको थियो । सबै वडाको पुनः मतगणना गर्ने वा नगर्ने विषयमा सर्वसहमति नभएपछि सो विषयमा आवश्यक निर्णयका लागि निर्वाचन आयोगलाई पत्राचार गरेको थियो । आयोगले ३ र ४ को मात्र मतगणना गर्न सकिने जवाफ आएर पनि एमाले भने सबै वडामा पुनः गणनाको माग दोहो¥याइरहेको हो ।
बुधबार जारी वक्तव्य भनिएको छः ‘निर्वाचन कार्यालयबाट भएको प्रशासनिक र प्राविधिक कमजोरी, गणक कर्मचारीहरुको नियुक्ति, मतपत्रमा चिन्ह नहुनु, मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नहुनु, फरक रंगका स्वस्तिक छापको प्रयोग हुनुजस्ता कार्यले हामी निर्वाचन कार्यालयको गतिविधिप्रति संशकित भएका छौं ।’
वक्तव्यमा नेकांका प्रमुख उम्मेदवार राजाराम खड्का, नेमकिपाका प्रमुख उम्मेदवार न्हुछेभक्त फोजू, राप्रपाका प्रमुख उम्मेदवार रवीन्द्रप्रताप शाह, नयाँ शक्ति पार्टीका प्रमुख उम्मेदवार कान्छा तामाङ र नेकपा माओवादी केन्द्रका होमनाथ लामिछानेले हस्ताक्षर गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *