कालीकोटमा निर्वाचन समीक्षा
- मंसिर २३, २०८१
पाँच दिनदेखि अवरुद्ध चाँगुनारायण नगरपालिकाको मतगणना आज अपरान्ह ५ः०० बजेबाट शुरु हुने भएको छ ।
प्रमुख जिल्ला अधिकारीको कार्यालयमा भर्खरै मात्र सम्पन्न सर्वदलीय बैठकले चाँगुनारायण नपाका वडा नं ३ र ४ को पुनः मतगणना गर्नेमा सहमति भएसँगै अवरुद्ध मतगणना प्रक्रिया पुनः सुचारु हुने भएको हो ।
प्रमुख जिल्ला अधिकारीको कार्यालयमा भर्खरै मात्र सम्पन्न सर्वदलीय बैठकले चाँगुनारायण नपाका वडा नं ३ र ४ को पुनः मतगणना गर्नेमा सहमति भएसँगै अवरुद्ध मतगणना प्रक्रिया पुनः सुचारु हुने भएको हो ।
सुर्य चिन्हमा छाप लगाइएका मतपत्रको चाङमा मादल, रुख र गाई चुनाव चिन्हमा छाप लगाइएका मतपत्रका चाङ भेटिएपछि विवाद भई अवरुद्ध भएको मतगणना प्रक्रिया आजैबाट शुरु हुने निर्णय भएको हो ।
मतगणना भइसकेका वडा नं १ देखि ४ सम्मै पुनः मतगणना गर्ने वा ३ र ४ वडाको मात्र मतगणना गर्ने विषयको विवाद नमिलेपश्चात निर्वाचन आयोगमा समाधानको लागि पत्राचार भएको थियो । आयोगले बुधबार वडा नं ३ र ४ को मात्र पुनःमतगणना गर्न सकिने निर्णय दिएको थियो । नेकां, नेमकिपा, माओवादी केन्द्र, राप्रपा र नयाँ शक्ति आयोगको निर्णय मान्न तयार भए तापनि एमालेले चार वटै वडाको पुनः मतगणना माग गरिरहेको थियो ।
चाँगुनारायण नपाको खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रमा भइरहेको मतगणना ५ः०० बजेबाट शुरु हुने स्रोतले जनाएको छ ।
Leave a Reply