संयुक्त राष्ट्रसङ्घमा क्युवाको जित विश्वले फेरि नाकाबन्दीको विरुद्धमा आवाज उच्च पा¥यो
- कार्तिक १३, २०८३
पेइचिङ, २९ अगस्ट । चीनका राष्ट्रपति सी चिनफिङले दक्षिणपश्चिम तिब्बत स्वशासित क्षेत्रमा पर्यावरणीय विकासको लागि जोड दिंदै एकीकृत, समृद्ध र आधुनिक समाजवादी तिब्बत निर्माणको लागि ठोस कदम चाल्नुपर्ने बताउनुभएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव र केन्द्रीय सैनिक आयोगका अध्यक्ष समेत रहनुभएका सी चिनफिङले यस्तो भनाइ पेइचिङमा शनिबार आयोजित तिब्बतसम्बन्धी दुईदिने उच्चस्तरीय बैठकमा भन्नुभएको हो ।
तिब्बतप्रति केन्द्रीय सरकारको लगातारको सहायतामा जोड दिँदै सीले छिङहाई–तिब्बत पठार पर्यावरणीय वातावरण संरक्षण चिनियाँ राष्ट्रको अस्तित्व र विकासको अहम् भूमिका भएको बताउनुभयो । उहाँले पर्यावरणीय सभ्यताको निर्माणमा जोड दिन अधिकारीहरूलाई आग्रह गर्नुभयो ।
सीले ‘सफा पानी र मनमोहक पहाड’ अमूल्य सम्पत्ति, मानिस र प्रकृतिबीचको सद्भावपूर्ण सहअस्तित्व र हरित तथा दिगो विकासको बाटोसम्बन्धी दृष्टिकोणमा अडिग रहन सीले आग्रह गर्नुभयो ।
उहाँले चीनको राष्ट्रिय विकास र अपुगलाई ध्यान दिँदै सीमा क्षेत्रमा नीतिगत सहायतासहित भौतिक पूर्वाधार निर्माण कार्यमा थप जोड दिनुपर्ने बताउनुभयो । त्यस्ता कार्यले गरिबी निवारणमा हाल चीनले हासिल गरेको प्रगतिलाई अझ बलियो बनाउनुका साथै थप प्रगति हात पार्न सम्भव हुने बताउनुभयो ।
चीनका राष्ट्रपतिले तिब्बतमा थप रोजगारी तथा जनताको जीवनस्तर उकास्न विकासका काम अघि बढाउन पूर्वाधार विकासमा जोड दिनुभयो ।
सीले तिब्बतमा भएका सबै कामको आधार नै राष्ट्रिय एकीकरण भएकोमा जोड दिदै सबै आदिबासी तथा जनजाति समुदायले पृथकतावादी शक्तिको पछि लाग्न नहुने बताउनुभयो । उहाँले विभिन्न आदिवासी तथा जनजातिबीच आपसी संवाद र सम्बन्ध विकासमा जोड दिनुभयो ।
तिब्बतमा विभिन्न आदिवासी तथा जनजाति समुहका कार्यकर्ताले हासिल गरेका प्रगतिको उच्च प्रशंसा गर्दै उहाँले तिब्बतको विकासमा केन्द्रीय सरकारका नीतिको प्रभावकारिता अहिलेको अभ्यासको सफलताले पुष्टि गरेको बताउनुभयो ।
तिब्बतको तीब्र र दिगो विकास चिनियाँ कम्युनिस्ट पार्टी र देशको राष्ट्रिय विकासको ठुलो योगदान भएको भन्दै सीले तिब्बतका सबै कार्यकर्तालाई कठिनाइमाथि पार लगाउन आग्रह गर्नुभयो । उहाँले तिब्बतका कार्यकर्तालाई गम्भीर जिम्मेवारीबोधका साथ तिब्बतको विकासमा आफूलाई समर्पित गर्न आग्रह गर्नुभयो ।
यो वर्षको जनवरीमा तिब्बतले आधारभूतरूपमा गरिबी उन्मूलन गरिएको थियो । तिब्बतका सबै ७४ वटै काउन्टीका ६ लाख २८ हजार जनतालाई गरिबीबाट उकासिएको थियो ।
Leave a Reply