राष्ट्रवादको गलत व्याख्या …. !?
- कार्तिक १२, २०८३
काठमाडौँ, १६ भदौ । कोभिड–१९ को सङ्क्रमणबाट हालसम्म २२ हजार १७८ जना सङ्क्रमण निको भएर घर फर्किएका छन् ।
सङ्क्रमितमध्ये अहिलेसम्म ५५ प्रतिशत निको भएका छन् । अहिलेसम्म नेपालमा ४० हजार ५२९ जना कोभिड–१९ को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबारमात्र ७६८ निको भएर घर फर्के । नेपालका ७७ जिल्लामध्ये सोलुखुम्बु, मुस्ताङ, डोल्पा, हुम्ला र मुगु सङ्क्रमणमुक्त छन् ।
मङ्गलबार सार्वजनिक तथ्याङ्कअनुसार विगत २४ घण्टामा एक हजार ६९ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएअनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३४४ महिला र ७२५ जना पुरुषमा सङ्क्रमण देखिएको हो । चौबीस घण्टामा पीसीआर परीक्षण १२ हजार ८८ जनामा भएको थियो ।
उहाँले अहिलेसम्म १२ जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित रहेको जानकारी दिनुभयो । सङ्क्रमित उक्त जिल्लामा मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्देही छन् ।
चार वर्षीया बालिकासहित ११ को निधन
कोभिड–१९ को सङ्क्रमितमध्ये मङ्गलबार एकै दिन ११ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारीअनुसार विगत २४ घण्टामा महोत्तरीका एक चार वर्षीया बालिकासहित ११ जनाको निधन भएको जानकारी दिनुभयो ।
महोत्तरीकै ३७ वर्षीय, सिरहाका ६५ वर्षीय, पर्साका तीन जना ५३, ६० र ८० वर्षीय, बाराका ६० वर्षीय, चितवनका ५२ वर्षीया, काठमाडौँको ७० र ३५ वर्षीय र मकवानपुरको ५८ वर्षीय पुरुष छन् । हालसम्म सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या २३९ जना पुगेको छ । नेपालमा कोभिड–१९ को कारणले मृत्यु हुने ०.५९ प्रतिशत हो ।
मङ्गलबार भक्तपुरमा कहाँ कति सङ्क्रमित ?
भक्तपुर । मङ्गलबार भक्तपुरका ३० जना व्यक्तिमा नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले दिएको जानकारीअनुसार मध्यपुर नपामा ११ पुरुष र ८ महिला, सूर्यविनायक नपामा ३ पुरुष र ३ महिला, भक्तपुर नपामा २ पुरुष र १ महिला र चाँगुनारायण नपामा १ पुरुष र १ महिलामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको हो ।
प्राप्त जानकारीअनुसार मध्यपुर थिमि नपा वडा नं ५ का ५९ वर्षका पुरुष, ४० वर्षका पुरुष, कौशलटारका १५ वर्षकी बालिका, गठ्ठाघरका २८ वर्षकी महिला, मध्यपुर थिमि नपाका ६७ वर्षका पुरुष सङ्क्रमित भएका छन् । त्यस्तै मध्यपुर थिमि नपा वडा नं ५ का ४१ वर्षकी महिला, ३९ वर्षका पुरुष, नगदेशका ५ वर्षका बालक, वडा नं ३ का २५ वर्षका पुरुष, वडा नं ९ का २३ वर्षकी महिला, वडा नं ३ का ७० वर्षका पुरुष, वडा नं १ का २४ वर्षकी महिला, वडा नं ९ का ४० वर्षकी महिला, वडा नं ५ का ५० वर्षकी महिला, वडा नं ९ का २२ वर्षकी महिला, लोकन्थलीका ३५ वर्षका पुरुष, वडा नं ३ का ३३ वर्षकी पुरुष, वडा नं ७ का २१ वर्षकी महिलामा सङ्क्रमित पुष्टि भएको छ ।
त्यस्तै सूर्यविनायक नपा जगातीका ३१ वर्षकी महिला, कटुञ्जेका ३९ वर्षका पुरुष, बालकोटका ३ वर्षका बालक र ३५ वर्षका पुरुष, दधिकोटका ४५ वर्षकी महिलामा पनि मङ्गलबार कोभिड–१९ पुष्टि भएको छ । भक्तपुर नपा व्यासीका ३४ वर्षका पुरुष, जेलाका ३० वर्षकी महिला र भक्तपुर नपा वडा नं ६ का ३२ वर्षकी महिलामा पनि कोभिड–१९ सङ्क्रमण भएको छ । चाँगुनारायण नपा दुवाकोटका ३३ वर्षकी महिला र ६७ वर्षका पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ । रासस
Leave a Reply