क्युवाद्वारा संयुक्त राष्ट्रसङ्घमा अमेरिकी आरोप अस्वीकार
- कार्तिक १२, २०८३
ब्रसेल्स, १ सेप्टेम्बर । विश्व स्वास्थ्य सङ्गठनले सबै देशलाई कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणको लागि सावधानीका उपायलाई चालू राख्न आग्रह गरेको छ । केही देशले व्यापार व्यवसाय र सेवा उद्योग पुनः चालू गर्ने घोषणा गरेसँगै सङ्गठनले मानिसको भीडभाड हुने कार्यमा नियन्त्रण गर्नुपर्नेमा जोड दिएको छ । साथै कमजोर समुदायलाई संरक्षण गर्ने विषयमा ध्यान दिनुपर्नेमा ध्यान दिनुपर्ने बताइएको छ ।
“भाइरसमाथि जति बलियो नियन्त्रण हुन्छ, त्यत्ति नै खुला हुन सकिन्छ । भाइरसमाथि नियन्त्रण नै नबनाई खुला गर्नु सङ्कट निम्त्याउनु हो”, संयुक्त राष्ट्र सङ्घीय स्वास्थ्य एजेन्सीको जेनेभा मुख्यालयमा भर्चुएल पत्रकार सम्मेलनमा महानिर्देशक टेड्रोस अधानम घिब्रिएससले भने, “कुनै पनि देशले महामारी सकिएको अभिनय गर्न सक्दैन ।”
उनले सबै देश, समुदाय र व्यक्तिले भाइरसमाथि नियन्त्रणको लागिमा जोड दिनुपर्ने भन्दै चार आधारभूत बुँदालाई जोड दिएका छन् । उनले सबै देशलाई रङशाला, रात्रीक्लव र पूजाआजाका स्थानमा ठूला भेलाहरू नगर्न आग्रह गर्दै सबै देश र मानिसले सामाजिक बन्ने नयाँ रचनात्मक उपायको खोजी गर्नुपर्ने बताए ।
उनले व्यक्तिले पनि मुखमा मास्क लगाएर, सामाजिक दुरी कायम गरेर र बरोबर हात धोएर महामारी नियन्त्रणको लागि आफ्नोतर्फबाट भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले सङ्क्रमणको परीक्षण, सम्पर्क व्यक्तिको खोजी र सङ्क्रमितलाई अलग राख्नेजस्ता रोकथामको उपाय कार्यान्वयन गरेर घरमा बस्नुपर्ने आदेशमा परिमार्जन ल्याउन सक्ने पनि बताए ।
“यदि देशहरू लकडाउन अन्त्य गर्ने विषयमा गम्भीर हुन् भने उनीहरू सङ्क्रमण फैलिने र जीवन रक्षामा पनि गम्भीर हुनुपर्दछ”, उनले भने । “यसो हेर्दा यो सन्तुलन कायम गर्न असम्भवजस्तो पनि देखिन्छ । तर, यो असम्भव छैन । यो गर्न सकिन्छ र यस्तै गरिनुपर्छ”, उनले भने ।
टेड्रोसले विश्व स्वास्थ्य सङ्गठनले हालै होटल, मालबाहक जहाज र माछा मार्ने जहाजहरू पुनः सञ्चालनसम्बन्धमा निर्देशिका जारी गरेको जानकारी दिँदै सबै क्षेत्रले सकेसम्म बढी सुरक्षित बनाउने विषयमा आ–आफ्नो प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिए ।
सङ्गठनले जारी गरेका निर्देशिकाको पालनाले सामाजिक दुरी कायम गर्ने र मास्क लगाउने जस्ता सावधानीका उपायले जस्तै महामारी नियन्त्रणमा मद्दत गर्ने उनको भनाई थियो । भाइरसको खोप आविस्कार भइसकेर पनि सबै देशले केही आधारभूत उपायको पालनालाई चालू राख्नुपर्ने उनले बताए ।
विश्व स्वास्थ्य सङ्गठनले दर्जनौँ खोप उत्पादकहरू परीक्षणको लागि उम्मेदवार खोपको रूपमा दर्ता गरिएको उनले बताए । कम्तीमा दुई वटा खोपले भने तेस्रो चरणको परीक्षण थालनी गरिसकेको उनले बताए ।
संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा औषधि विभागका डा. स्टेफन हानले उम्मेदवार खोपले तेस्रो चरणको परीक्षण सकाउनुअघि नै आफ्नो विभागले खोपको आपत्कालीन प्रयोगको विषयमा निर्देशिका जारी गर्ने तयारी गरिरहेको जानकारी दिए ।
विश्व स्वास्थ्य सङ्गठनका प्रमुख वैज्ञानिक डा. सौम्या स्वामिनाथनले हतारमा खोपलाई अनुमति दिनु र ज्यादै न्युन तथ्याङ्कले धेरैथरी समस्या निम्त्याउन सक्ने बताइन् ।
Leave a Reply