सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
पेइचिङ, १ सेप्टेम्बर । केही अमेरिकी राजनीतिज्ञले चीनमाथि हिलो छ्याप्ने र चिनियाँ आन्तरिक मामिलामाथि हस्तक्षेप गर्ने गतिविधिको विभिन्न पार्टीका नेता तथा गन्यमान्य व्यक्तिहरूले चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको वैदेशिक सम्पर्क विभागलाई फोन वा चिट्ठी पठाएर कडा विरोध गरेका छन् । उनीहरूले विभिन्न मुलुकलाई आदानप्रदान तथा सहयोगलाई सबल पारेर विश्वको शान्ति, स्थिरता तथा विकासको सुरक्षा गर्ने आशा गरेका छन् ।
सिएरा लियोन जनता पार्टीका महासचिव युमारू कोरोमाले महामारीको प्रयोग गरेर चीनमाथि हिलो छ्याप्ने र आक्रमण गर्ने गतिविधिको विरोध गरे । अर्जेन्टिना न्यायिक पार्टीअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्धका महासचिव एवम् सिनेटको वैदेशिक सम्बन्ध समितिका अध्यक्ष जर्ज टायानाले प्रभुत्ववादी र एकपक्षीयतावादको कडा विरोध गर्नुका साथै महामारीलाई राजनीतिकरण गर्ने र महामारीद्वारा अरू देशको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्ने गतिविधिको विरोध गरे । इरानी इस्लामिक संयुक्त पार्टीका अनुसार, चीनमाथि केही अमेरिकी राजनीतिज्ञको आक्रमण निराधार छ । यो कदमको उद्देश्य अमेरिका सरकारका लागि अमेरिकी सर्वसाधारणको असन्तोष तथा दबाबको व्यवस्थापन नीति मात्रै हो । अमेरिकी राजनीतिज्ञको चीनविरोधी भनाइले चिनियाँ जनता र विश्वका जनतालाई अझ एकीकृत गर्नुका साथै अझ बढी सहकार्य बढाउने छ ।
कोभिड–१९ महामारीले विश्वलाई अझ बढी चुनौती दिएका हुनाले अन्तर्राष्ट्रिय समाजले संयुक्त रूपमा समाधानको उपाय खोज्नुपर्ने कुरा टर्कीको न्यायिक तथा विकास पार्टीका उपाध्यक्ष सेभडेट यिल्माचले बताए । विश्वको स्थिरता तथा समृद्धिका लागि चीनको प्रयासलाई टर्कीले प्रशंसा गर्नुका साथै चीन र अमेरिकाको सम्बन्धको विकासमाथि घनिष्ट ध्यान दिएको छ । टर्कीले दुई पक्षबीच शान्तिपूर्ण तथा रचनात्मक वार्ताद्वारा मतभेदबारे परामर्श गर्ने आशा गरेको छ ।
रूसी कम्युनिस्ट पार्टी केन्द्रीय समितिका अध्यक्ष जेन्नादी ज्युगानोभका अनुसार, कोभिड–१९ महामारीले धेरै देशको आर्थिक तथा सामाजिक समस्यालाई गम्भीर पारेको छ । अमेरिका सरकारले आक्रामक कूटनीतिद्वारा आफ्नो समस्याको समाधान गर्न खोजेको छ । अमेरिकाले विविध कदमबाट चीनमाथि प्रहार गरे तापनि ती प्रयास क्रमशः असफल हुँदै गएका छन् ।
सीआरआई
Leave a Reply