भर्खरै :

खुकुलोसहितको निषेधाज्ञाको औचित्य नहुने

काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले कोभिड–१९ रोकथामको लागि भदौ ३ देखि निषेधाज्ञा जारी गरे । निषेधाज्ञाअनुसार अति आवश्यक सेवा– खाद्यान्न, औषधि, खानेपानी, फोहरमैला, एम्बुलेन्स, स्वास्थ्य सेवा आदि सञ्चालन गरियो । भदौ १० गते निषेधाज्ञा ७ दिनको लागि थपियो । भदौ १७ गते पुनः एक हप्ता निषेधाज्ञा थपियो । तर, यस पटकको निषेधाज्ञामा निर्माण सामग्री, अनलाइन सेवालगायत खाद्यान्न पसल बिहान ११ बजेसम्म सञ्चालन गर्न छुट दिइँदै छ । त्यस्तै औद्योगिक क्षेत्र पनि सञ्चालन गराइयो ।
कोभिड–१९ सङ्क्रमण मानिसको आउजाउ बढेसँगै बढ्नेछ । अत्यावश्यक सेवाबाहेक अन्य सेवालाई छुट दिनु निषेधाज्ञालाई औचित्यहीन बनाउनु हो । काठमाडौँ उपत्यकामा कोभिड–१९ समुदायमा फैलिएको हुँदा खुकुलोसहित निषेधाज्ञा जारी गर्नु माफिया र काला बजारियाहरूलाई कुम्ल्याउने मौका दिनु हो ।

सरकारले कोभिड–१९ रोकथाम गर्न गत वर्षको चैत ११ देखि लकडाउन घोषणा गरेको थियो । झन्डै तीन महिनापछि सरकारले लकडाउन फिर्ता ग¥यो र खुकुलो पा¥यो । लगत्तै सङ्क्रमित बढ्यो । निषेधाज्ञा खुकुलोसहित जारी गरियो भने सङ्क्रमण रोकिने छैन । भयावह स्थितिमा पुग्नेछ । प्रमुख जिल्ला अधिकारी, गृहमन्त्री र नेपाल सरकार कुनै माफिया वा उद्योग–वाणिज्यको दबाबमा लागेर कोभिड–१९ रोकथाम हुँदैन । कलम चलाउने र अधिकारवालाहरू चिप्लिए सर्वसाधारण जनता दुर्घटनामा पर्नेछन् ।

बुधबारमात्रै काठमाडौँ उपत्यकामा ३४८ जना सङ्क्रमित थपियो । यसकारण निषेधाज्ञा नै भए अति आवश्यक सेवाबाहेक अन्य सेवा बन्द गर्नु आवश्यक छ । औद्योगिक क्षेत्रहरू पनि बन्द गर्नु उपयुक्त हुनेछ । खुकुलो निषेधाज्ञाको औचित्य छैन ।
जिल्ला प्रशासन कार्यालयहरूलाई माफियालगायतको विरोध बढेपछि निषेधाज्ञा खुकुलो गरिएको हो । के जिल्ला प्रशासन कार्यालयहरू माफियाको अगाडि निरीह छन् र ¤? केही जिल्लामा उद्योग–वाणिज्य सङ्घहरूले निषेधाज्ञा उल्लङ्घन गर्ने चेतावनी दिए । के कोभिड–१९ ले उद्योग–वाणिज्यसित सम्बन्धितहरूलाई सङ्क्रमण गर्दैन ? उद्योग–वाणिज्यकाले औद्योगिक क्षेत्र र सरकारी नेताको सुरक्षामा पारिएका सशस्त्र प्रहरीलाई खुला सीमामा कोभिड–१९ को रोकथाम गर्न तैनाथीको माग गर्नु आवश्यक छ किनभने भारतसँगको खुला सीमाकै कारण नेपालमा कोभिड–१९ सङ्क्रमण बढेको हो ।
सरकारले कोभिड–१९ रोकथाम गर्न गत वर्षको चैत ११ देखि लकडाउन घोषणा गरेको थियो । झन्डै तीन महिनापछि सरकारले लकडाउन फिर्ता ग¥यो र खुकुलो पा¥यो । लगत्तै सङ्क्रमित बढ्यो । निषेधाज्ञा खुकुलोसहित जारी गरियो भने सङ्क्रमण रोकिने छैन । भयावह स्थितिमा पुग्नेछ । प्रमुख जिल्ला अधिकारी, गृहमन्त्री र नेपाल सरकार कुनै माफिया वा उद्योग–वाणिज्यको दबाबमा लागेर कोभिड–१९ रोकथाम हुँदैन । कलम चलाउने र अधिकारवालाहरू चिप्लिए सर्वसाधारण जनता दुर्घटनामा पर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *