सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
विनकनसिन, २ सेप्टेम्बर । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलबार पछिल्लो समयमा जातीय अत्याचारविरुद्ध आन्दोलन चर्किरहेको सहर केनोशामा थिए । तर, उनले आन्दोलनरत जनताप्रति कति पनि सद्भाव देखाएनन् । बरु एक जना अफ्रिकी मूलका मानिसलाई बिनाकारण गोली हानी घाइते बनाउने प्रहरीकै पक्षमा बोले । उनले पछिल्लो समयमा केनोशामा उठेको हिंसालाई ‘घरेलु आतङ्ग’ को संज्ञा दिए ।
“यहाँ कुनै शान्तिपूर्ण विरोध प्रदर्शन भएको छैन । बरु वास्तवमा घरेलु आतङ्ग भएको छ”, ट्रम्पले भने । उनले विनकनसिन प्रान्तका डेमोक्रेटिक दलका अधिकारीहरूलाई केन्द्रीय सरकारको सहायता तत्काल स्वीकार नगरेकोमा रिस पोखे । “उनीहरू हामी यहाँ नआओस् भन्ने चाहना राख्छन्”, उनले भने ।
ट्रम्पले विनकनसिनमा चालु जातीय दमनविरुद्धको प्रदर्शनलाई ‘अमेरिकाविरोधी’ भने । उनले आफ्नो भनाइ राख्ने क्रममा गत साता केनोशामा एक प्रहरी अधिकारीहरूले सात वटा गोलीले ढाडमा हान्दा गम्भीर घाइते भएका ज्याकोब ब्लेकबारे एक शब्द पनि बोलेनन् ।
उनी विनकनसिन पुग्नेबित्तिकै पछिल्लो हिंसा र आगजनीले क्षतिग्रस्त क्षेत्रको भ्रमण गरेका थिए । पछाडि धुँवा पुताइरहेको अवस्थामा उनले एक शताब्दी पुरानो एउटा पसलका मालिकसँग कुराकानी गरेका थिए । उनले त्यहाँको हिंसाको लागि डेमोक्रेटिक दललाई आरोप लगाएका थिए । कदाचित डेमोक्रेटिकहरू ह्वाइट हाउसमा आए संरा अमेरिकाको महाविनाश निम्तिने भन्दै उनले चेतावनीसमेत दिए ।
गत अगस्ट २३ मा ज्याकोब ब्लेक नामका एक जना अफ्रिकी मूलका नागरिकलाई कार चढ्ने क्रममा गोली हान्दा गम्भीर घाइते भएका थिए । ब्लेकको ढाडमा सात वटा गोली हानिएको थियो ।
सो काण्डपछि भड्केको हिंसा र आगजनीको कारण सहरमा २ करोड अमेरिकी डलर बराबरको क्षति भएको बताइएको छ । केनोशा सहरका प्रमुखले क्षतिग्रस्त संरचना पुनःनिर्माणको लागि सरकारसमक्ष ३० करोड डलर माग गरेका छन् ।
ट्रम्पले आफ्नो सरकारले सहर पुनःनिर्माणमा ५ करोड अमेरिकी डलर उपलब्ध गराउने आश्वासन दिए । उनले विशेषतः सुरक्षा निकायमा खर्च गर्न निकनसिन राज्यको लागि ४ करोड २० लाख डलर बराबर विनियोजन गरेका छन् ।
भ्रमणको क्रममा केनोशामा भएको एक प्रदर्शनको क्रममा दुई जना मानिसले गोली हानी गम्भीर घाइते बनाएका आफ्ना समर्थक एक किशोरको पक्षमा बोलेका थिए । उनले आगामी निर्वाचनमा डेमोक्रेटिक दलको तर्फबाट आफ्नो प्रतिस्पर्धी जो बाइडेनलाई ‘अराजकतावादी’ र ‘उपद्रोही’ भनी आलोचना गरे ।
“म यहाँ कानुन पालनाको लागि आएको हुँ । नेशनल गार्डको हौसला बढाउन आएको हुँ । उनीहरूले केनोशाले राम्रो काम गरेका छन् । उनीहरूले तुरुन्तै उपद्रवको आगो निभाउन सफल भए”, ट्रम्पले भने ।
तर, ब्लेकमाथिको गोली प्रहारको कारण उठेको सडक प्रदर्शन साम्य पार्न नेशनल गार्ड परिचालन गरेका विनकनसिन प्रान्तका गर्भनर टोनी त्र्सले ट्रम्पलाई फैलिँदो तनावबाट टाढा रहन आग्रह गरे ।
“तपाईँको उपस्थितिले स्थितिलाई नियन्त्रण गर्न अझ गा¥हो बनाउनेमा म चिन्तित छु”, गर्भनरले भने ।
“तपाईँको उपस्थितिले अवस्था नियन्त्रणमा लिन थप अवरोधमा सिर्जना गर्छ”, उनले थपे ।
Leave a Reply