भर्खरै :

हनुमन्ते खोला सुधारबारे प्रमुख प्रजापतिको चासो

भक्तपुर, १० जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बुधबार नगरको ढल व्यवस्थापन र खोला सफा गर्ने कार्य प्रगतिबारे फोहर ढल व्यवस्थापन प्रोजेक्टका परामर्शदाता समूहका वरिष्ठ इन्जिनियर ढुण्डिराज दाहाल, समाजशास्त्रीहरु मुकुण्डराज अर्याल र मीन दाहालसँग छलफल गर्नुभयो ।
भक्तपुर नगरपालिकामा भएको छलफलमा प्रमुख सुनिल प्रजापतिले नगरको ढललाई व्यवस्थित गर्नुपर्ने, फोहर ढल सिधै खोलामा मिसाउने कार्य रोकेर उपचारपश्चात मात्र खोलामा पठाउने बन्दोबस्त गर्नुपर्ने, हाल हनुमन्ते खोलामा निर्माणाधीन ढलको पाईप सानो भएकोले लिवाली, तुमचो दुगुरे, चोखा, कमलविनायकलगायतका स्थानहरुको फोहर पानी थेग्न नसक्ने देखिएकोले राम्रो अध्ययन गरी सुधार गर्नुपर्नेमा प्राविधिक परामर्शदाता टोलीका सदस्यहरुको ध्यानाकार्षण गराउनु भयो ।
राम्रो अध्ययन र स्थानीय जनताहरुसँग छलफल गरी योजना अगाडि बढाउँदा योजनाको काम परिपक्व र स्थायित्व हुने पनि उहाँले बताउनुभयो । प्रमुख प्रजापतिले ढल खानेपानीसँग पनि सम्बन्धित भएकोले थप छलफलको आवश्यक हुने भएकोले जेठ १२ गते ३ बजे प्राविधिक परामर्शदाताहरु लगायत सरोकारवालासँग पुनः छलफल गर्ने बताउनुभयो ।
छलफलमा भक्तपुर नगरपालिका वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोरा र भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत रोहितराज पोखरेलको उपस्थिति थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *