नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
नेपाली कांग्रेससमर्थित नेपाल विद्यार्थी संघका कार्यकर्ताले मतपत्र च्याते पछि कैलालीको कैलाली बहुमुखी क्याम्पसमा मंगलबार सम्पन्न स्ववियु चुनावको मतगणना प्रभावित भएको खबर छ ।
एउटा बुथको मात्र मतगणना बाँकी रहेको बेलामा मतगणनामा रहेका नेविसंघका कार्यकर्ताहरुले मतपत्र च्याते पछि स्थिति तनावपूर्ण भएको हो । खसेको मतभन्दा बढी मत निस्केको भन्दै नेविसंघले धाँधलीको आरोप लगाई मत च्यातेको थियो । उनीहरुले प्रेस वक्तव्य जारी गरी पुनः निर्वाचनको माग गरेका छन् । प्रहरीले मत पत्र च्यात्ने काममा संलग्न नेविसंघका सभापति उम्मेदवारसहित केहीलाई नियन्त्रणमा लिएको छ ।
यता एमालेसमर्थित अनेरास्ववियुले भने नेविसंघ पराजीत हुने निश्चित भए पछि हतास मानसिकतामा नेविसंघले मतपत्र च्यातेको बताएका छन् । अखिलको पक्षमा ६३६ र नेविसंघको ५६२ मत प्राप्त भएको अवस्थामा मतपत्र च्यातिएको भन्दै उनीहरुले त्यस्तो आरोप लगाएका हुन् ।
कैलाली उद्योग वाणिज्य संघको कार्यालयमा भइरहेको मतगणनाका क्रममा केही समय तनाव भएको थियो । अहिले नेविसंघकै अनुपस्थितिमा मतगणना भइरहेको स्रोतले बताएको छ ।
Leave a Reply