भर्खरै :

भक्तपुर काण्डको भत्र्सना कार्यक्रम

भक्तपुर, १८ भदौ । ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा ‘भक्तपुर काण्ड’ (भदौ ९) को विरोध एवम् भत्र्सना गर्दै बिहीबार अनलाइनमार्फत प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कलेज सञ्चालक समितिका पदाधिकारी, कलेजमा कार्यरत प्राध्यापक र कर्मचारीबीच भएको उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ‘भक्तपुर काण्ड’ निरङ्कुश पञ्चायती शासकहरूले नेमकिपालाई समूल नष्ट गर्ने उद्देश्यले रचेको षड्यन्त्र भएको उल्लेख गर्दै जुनसुकै बेला यस्ता षड्यन्त्रहरू हुनसक्ने हुँदा सचेत भएर बस्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “टोल–समाजमा आपराधिक मानसिकताका व्यक्तिहरू पनि हुन्छन् । तिनीहरूको उद्देश्य नै आप्mनो अपराध लुकाउने तथा समाजलाई बिगार्ने हुने हुँदा त्यस्ता मान्छे चिन्नु आवश्यक छ ।”
“प्रतिक्रियावादीहरू षड्यन्त्रमा लागिरहने हुँदा हामीले शत्रु र मित्र पहिचान गर्नसक्नुपर्छ । नयाँ पुस्तालाई भक्तपुर काण्डबाट सुसूचित गर्नु आवश्यक छ । असल समाज निर्माणको लागि नयाँ पुस्तालाई राजनैतिकरूपमा सचेत पार्नु आवश्यक छ” अध्यक्ष रोहितले जोड दिँदै भन्नुभयो ।
कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भनपा प्रमुख सुनिल प्रजापतिले २०४५ सालको भूकम्पबाट अति प्रभावित भक्तपुरमा विपत्तिलाई पञ्चहरूले नेमकिपालाई समूल नष्ट गर्ने अवसरको रूपमा प्रयोग गर्न खोजिएको उल्लेख गर्दै जनतालाई धोका र विश्वासघात गर्नेहरूको अन्त्य सुखद नहुने बताउनुभयो ।
भनपाले पञ्चायत कालमा ‘पञ्चायत’ मासिकमार्फत क्रान्तिकारी साहित्यको प्रकाशन लगायतका विविध गतिविधि सञ्चालन गर्नु र पार्टीले देश र समाजको सेवा गर्नुलाई पञ्चहरूले अपराधको रूपमा लिएर षड्यन्त्रपूर्ण ढङ्गले ‘भक्तपुर काण्ड’ घटाइएको बताउनुभयो । प्रमुख प्रजापतिले ६७ जना कार्यकर्ताहरूलाई ज्यान मुद्दा लगाइएको र नेमकिपाकै कार्यकर्तारूलाई प्रलोभन र डर धम्की दिई पञ्चायतको समर्थन गर्न बाध्य पारिएको सो समयमा पार्टीलाई धोखा दिने वा आत्मसमर्पण गर्नेहरूको आज पनि नेमकिपाका कार्यकर्ताहरूसित आँखा जुधाएर कुरा गर्ने साहस नभएको बताउनुभयो ।
भनपाले स्वास्थ्य र शिक्षा क्षेत्रमा बढी लगानी गरिरहेको जानकारी गराउँदै उहाँले स्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि ख्वप अस्पताल निर्माण गरिरहेको उल्लेख गर्नुभयो ।
“ख्वप विश्वविद्यालयलाई सम्बन्धन नदिनुमा नेमकिपाले देश र समाजलाई अगाडि बढाउन गरिरहेको प्रयासप्रति शासक दलको असन्तुष्टि प्रमुख कारण हो”, प्रमुख प्रजापतिले भन्नुभयो ।
उहाँले नवपञ्चहरू नेमकिपालाई सिध्याउने षड्यन्त्रमा लागिरहेको तर सचेत कार्यकर्ताहरू एकजुट भएका कारण त्यस्ता दुष्प्रयास कहिल्यै पूरा हुन नदिनेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा ख्वप कलेज अफ इन्जिनियरिङ्गका प्राचार्य सुनिल दुवालले भक्तपुर काण्डसम्बन्धी लेख रचना, प्रकाशन तथा अग्रजहरूको अनुभवबाट धेरै कुरा सिक्न सकिने भएकोले अध्ययनमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रा.डा. राजुभाइ त्यातले भक्तपुर काण्डबारे सङ्क्षिप्त प्रस्तुति राख्नुभएको उक्त कार्यक्रममा भक्तपुर काण्डको घटनाबारे ख्वप ई. कलेजका प्राचार्य सुजन माक, शिक्षकहरू डा. सुवेगमान बिजुक्छेँ तथा शिक्षिका शोभालक्ष्मी गोसाईले आ–आप्mनो अनुभव सुनाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *