सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
काठमाडौँ, १८ भदौ । गत साता बेलायत, आयरल्यान्ड, जर्मनीलगायत केही युरोपेली देशमा कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि त्यहाँका सरकारले घोषणा गरेको लकडाउन समाप्त गर्न माग गर्दै केही प्रदर्शनहरू भए । ‘युरोप र संरा अमेरिकालाई केन्द्र मान्ने’ चिन्तन अझै बलियो रहेको आजको संसारमा युरोपका केही देशमा भएका ती प्रदर्शनले ठूलै हलचल ल्यायो । परिणामतः विश्व स्वास्थ्य सङ्गठनले समेत आफ्ना कतिपय पूर्व मान्यतामा ‘स्वर मसिनो’ बनायो । विश्व स्वास्थ्य सङ्गठनले हरेक दिन गर्दै आएको भर्चुएल पत्रकार सम्मेलनका पछिल्ला शृङ्खलामा अधिकारीहरूले सावधानीका प्रावधानलाई भन्दा खोपको कुरालाई बढी जोड दिएको पाइएको छ । जबकि संसारमा कोभिड–१९ को सङ्क्रमण दर अझ बढिरहेको र कतिपयले सावधानीका उपायमा हेलचक्य्राईँ गरिरहेका छन् । नेपालजस्ता गरिब देशमा सङ्क्रमण थप विस्तार भइरहेको छ भने झन्डै रोकथामको दिशामा गइसकेका देशमा पनि कोभिडका सङ्क्रमित फेरि – फेरि देखिन थालेको छ ।
गत साता युरोपेली देशमा लकडाउनको विरोध गर्दै भएका प्रदर्शनबाट सबभन्दा खुसी सम्भवतः संरा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, उनीसम्बद्ध रिपब्लिकन दल, ब्राजिलका राष्ट्रपति जाएर बोल्सानारो र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भए । कोभिड–१९ को महामारी चीन र दक्षिणपूर्वी एसियाका केही देशमा सीमित हुँदा खुसी भएका ट्रम्प जब आफ्नै देशमा महामारीले भयावह रूप लियो, तब महामारीलाई ‘सामान्य रुघाखोकी’ को संज्ञा दिएका थिए । राष्ट्रपतिका जनस्वास्थ्य सल्लाहकार डा. फाउसीलगायतका विषयविज्ञहरूले ट्रम्प सरकारलाई लगातार यो महामारी गम्भीर विषय भएकोले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने विषयमा जोड दिइरहे । विश्व स्वास्थ्य सङ्गठनका अधिकारीहरूले पनि वाशिङ्टनलाई यो विषयमा लगातार चेतावनी दिइरहे । तर, अनुदारपन्थी ट्रम्पलाई विषयविज्ञहरूका सल्लाहले तसको मस बनाउन सकेन । बरु उनले डा.फाउसीलाई पदबाट बिदामात्र गरेनन्, विश्व स्वास्थ्य सङ्गठनको सदस्यताबाट नै अमेरिकाले हात झिक्यो । ट्रम्पसम्बद्ध रिपब्लिकन दलका मानिसहरूले सावधानीका कुनै पनि नियमको खिल्ली उडाउँदै राज्य स्तरमा जारी लकडाउनको उल्लङ्घन गरे । ट्रम्प यस्ता लकडाउन उल्लङ्घनका घटनाबाट खुसी भए । उल्लङ्घनकर्ताहरूलाई अझ प्रोत्साहित गरे ।
संरा अमेरिकाको रिपब्लिकन पार्टीको सबभन्दा धेरै आर्थिक चन्दा हतियार व्यापारीबाट प्राप्त हुने कुरा धेरै अध्ययनले पुष्टि गरेको छ । साना हातहतियारको खुलमखुला बिक्री वितरणले त्यहाँ हरेक दिनजसो गोली काण्ड र हत्या भइरहेका हुन्छन् । तथापि, त्यहाँको राजनीतिमा हतियार व्यापारीहरूको प्रभावको कारण आजसम्म कुनै पनि शासकले हतियारमाथि प्रतिबन्ध लगाउन सकेको छैन । संसारका जुनसुकै कुनामा भइरहेका लडाइँ र द्वन्द्वमा संरा अमेरिकामा बनेका हातहतियारकै आधिक्य हुने गरेको छ । यसरी आफ्नो नाफाको निम्ति हातहतियारको व्यापारलाई तरकारीको व्यापारजस्तै बनाउन चाहने संरा अमेरिकी नेताहरूले नोबेल कोरोनाको कारण मानिसको अनाहक मृत्युवरणलाई ठूलो विषय बनाउन तयार नहुनु कुनै आश्चर्यको विषय भएन ।
ट्रम्पको सो नीतिको कारण आज संरा अमेरिका संसारमै सबभन्दा बढी सङ्क्रमण फैलिएको देशमध्ये एउटा भएको छ । कोभिड–१९ को कारण मर्नेको सङ्ख्या पनि सबभन्दा बढी त्यहीँ छ । तर, यसरी मर्नेहरू भने गरिबी कामदार जनता बढी छन् । ब्राजिलका राष्ट्रपति पनि लकडाउनको विपक्षमा लगातार उभिए । ट्रम्पकै विचारका पक्षधर बोल्सोनारोले समयमै सावधानीका कदम नअपनाउँदा कैयौँ मानिसले ज्यान गुमाउनुप¥यो । भारतको मोदी सरकार कोभिड नियन्त्रणमा कहिल्यै पनि गम्भीर भएन । कोभिड नियन्त्रणको निम्ति क्वारेन्टिन स्थल
बनाउनुको सट्टा उनको ध्यान अयोध्यामा राममन्दिर बनाउनेमा थियो । कोभिड व्यवस्थापनमा सबभन्दा भद्रगोल पृथ्वीमा कहीँ भयो भने भारतमै भयो । भारत–पाकिस्तान विभाजन हुँदा जस्ता पैदलयात्रीहरूको दृश्य भारतमा यो अवधिमा देखियो । त्यत्तिबेला साम्प्रदायिक दङ्गाबाट जोगिन मानिसहरूले लामो–लामो पैदल यात्रा गरेका थिए । यतिबेला भने महामारी, भोक र अनिश्चयबाट भाग्न मानिसहरूले त्यस्तै यात्रा गरे । तर, यस्ता यात्रामा जनताले भोग्नुपरेको दुःखले मोदी सरकारलाई कति पनि संवेदित बनाएन ।
जर्मनी, आयरल्यान्ड, संरा अमेरिका, बेलायत आदि देशका उदाहरण दिएर नेपालमा पनि कोभिडसँगको लडाइँमा अहिले अपनाइएका कतिपय सावधानीलाई पनि छोड्ने हो भने यसको मूल्य धेरै हुनसक्छ । सरकारले नेपालको वस्तुस्थिति हेर्ने हो, विदेशी समाचारको भरमा निर्णय गर्ने होइन । युरोपेली देशसँग भएका स्वास्थ्य पूर्वाधार नेपालसँग छैनन् । त्यसकारण, ती देशको तुलनामा नेपालले अझ बढी सावधानी अपनाउनुपर्छ । ती देशहरूमा प्रदर्शन गर्ने मानिस को हुन्, कुन स्वार्थसहित त्यस्ता प्रदर्शन भएका हुन् भन्ने विषयमा पनि बुझ्न आवश्यक छ । महामारी नियन्त्रणमा खेंलाची गर्न सकिन्न ।
ट्रम्प, बोल्सोनारो र मोदीको राजनीतिक विचारधारा भने समान छन् । उनीहरू सबै आजका हिटलर, मुसोलिनी र तोजो हुन् । उनीहरू सबै आजका फासीवादी हुन् । उनीहरू सबै नवफासीवादी हुन् ।
संसारले बिहीबार फासीवादविरोधी प्रतिरोध युद्धको ७५ औँ वर्षगाँठ मनायो । हिजो फासीवादीहरूको विध्वंसक र युद्धपिपासु हिंसाविरुद्ध संसार लडेको थियो भने आज नवफासीवादीहरूले जनतामाथि अज्ञानता र बेवास्ताको नयाँ हिंसा थोपरिरहेका छन् । महामारी रोकथाम र नियन्त्रणको लागि ती शासकहरूले देखाएको उदासिनताको प्रत्यक्ष मार त्यहाँका जनता बनेका छन् । तिनकै नक्कल गर्दै आज केही देशमा उनीहरूकै जस्तो विचारले टाउको उठाउन खोजिरहेको छ । नेपालमै कतिपय मानिसहरूले महामारीप्रति बेवास्ता गर्नुपर्ने सोचाइ अभिव्यक्त गरिरहेका छन् । सरकारले गर्नुपर्ने पूर्वसावधानीको पालना, गरिब तथा विपन्नको दैनिक जीवनका दैनिक आवश्यकताको व्यवस्थापन र पूर्वाधार निर्माणमा भएका कमी कमजोरीको विरोध गर्नु र महामारी नै असत्य हो, रोकथाम गर्नै पर्दैन भन्नु फरक–फरक विषय हुन् । रोकथाममा सरकारका कमी कमजोरीको विरोध गर्नुको अर्थ महामारीको उपेक्षा कदापि हुनसक्दैन ।
जर्मनी, आयरल्यान्ड, संरा अमेरिका, बेलायत आदि देशका उदाहरण दिएर नेपालमा पनि कोभिडसँगको लडाइँमा अहिले अपनाइएका कतिपय सावधानीलाई पनि छोड्ने हो भने यसको मूल्य धेरै हुनसक्छ । सरकारले नेपालको वस्तुस्थिति हेर्ने हो, विदेशी समाचारको भरमा निर्णय गर्ने होइन । युरोपेली देशसँग भएका स्वास्थ्य पूर्वाधार नेपालसँग छैनन् । त्यसकारण, ती देशको तुलनामा नेपालले अझ बढी सावधानी अपनाउनुपर्छ । ती देशहरूमा प्रदर्शन गर्ने मानिस को हुन्, कुन स्वार्थसहित त्यस्ता प्रदर्शन भएका हुन् भन्ने विषयमा पनि बुझ्न आवश्यक छ । महामारी नियन्त्रणमा खेंलाची गर्न सकिन्न ।
Leave a Reply