के ‘गाँसे गुसे एकै नासे’ हो ?
- असार १५, २०८३
चीनमा सन् २०१९ को डिसेम्बर २७ मा सङ्क्रमण सुरू भएको भनिएको कोरोना भाइरसले संसारमा महामारीको रूप लिएको छ । यो रोगबाट विश्वमा हाल दुई करोड छयालीस लाख मानिस सङ्क्रमित भइसकेका छन् भने ८ लाख ३५ हजार मानिसको मृत्यु भइसकेको छ । सर्वाधिक प्रभावित भएको देश संयुक्त राज्य अमेरिकामा करिब ६१ लाख मानिसहरू सङ्क्रमित भइसकेका छन् भने एक लाख ८५ हजार नौ सय ६५ मानिसहरूको मृत्यु भइसकेको छ । त्यहाँ सबभन्दा बढी कोरोनाको सङ्क्रमण हुनुमा राष्ट्रपति डोनाल्ड ट्रम्पको गैरजिम्मेवार बताइएको छ । उनले अमेरिकामा कोरोनाको सङ्क्रमण धेरै फैलिसक्दा पनि मानिसको जमघट बढी हुने विद्यालय, कलेज, सिनेमा हल, होटल, रेस्टुरेन्ट आदि बन्द गर्न मानेनन् । ट्रम्पले आफूले मास्कको प्रयोग गरेनन् र जनतालाई पनि प्रयोग गर्न प्रोत्साहित गरेनन् । यसलाई उनले हलुकारूपमा लिए । जब चीनमा २०२० जनवरी र फेब्रुअरीतिर कोरोनाको सङ्क्रमण फैलिएको थियो, त्यसबेला एकजना पत्रकारले ट्रम्पलाई चीनमा झैँ के अमेरिकामा सङ्क्रमण हुँदैन र भनी प्रश्न गर्दा ट्रम्पले भनेका थिए, “यो सङ्क्रमण अमेरिकामा आउँदैन ।” उनको यो गैरजिम्मेवार अभिव्यक्तिको परिणाम आज अमेरिकाले भोग्दै छ । चीनलाई सङ्कट पर्दा सहानुभूतिसम्म प्रकट नगर्ने ट्रम्पले चीनलाई गरिएको खुचिङले आफैँलाई खुचिङ गरेको छ ।
विगत केही वर्षदेखि चीन र अमेरिकाबीच व्यापार युद्ध चलिरहेको छ । सन् २०२१ सम्ममा चीनले संसारको अर्थतन्त्रलाई नेतृत्व गर्नसक्ने कुरा प्रकाशमा आएको छ । आर्थिक विश्लेषकहरूको विश्लेषणअनुसार समाजवादी चीन घोषणा भएको सन् १९४९ को वर्षलाई आधार मानेर सय वर्ष पुगेको शतवार्षिकीको उपलक्ष्यमा सन् २०४९ सम्ममा आर्थिक, सामरिक, वैज्ञानिकलगायत हरेक क्षेत्रमा विकास गरी विश्वको पहिलो समृद्ध राष्ट्र बनाउने लक्ष्य चीनको रहेको छ । यस लक्ष्यअनुसार चीनले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ । विश्वमा सबै हिसाबले एकछत्र कायम गरिरहेको अमेरिकाको लागि यो ठूलो चुनौती छ । यसले अमेरिकालाई चिन्तित बनाएको छ । चीनलाई यस प्रतिस्पर्धामा पछार्नको लागि अमेरिकाको गुप्तचर संस्था सीआईएले चीनको बारेमा दिनको १० घण्टा बहस गर्छ । यसबाट थाहा हुन्छ, चीनदेखि अमेरिका त्रसित छ ।
चीनमा पहिला सङ्क्रमण भएको भनिएको कोरोना भाइरस त्यहाँ आउनुभन्दा अगाडि अमेरिकामा नै आएको समाचार बाहिर आएकै हो । त्यसलाई अमेरिकाले चीनको उहानमा सन् २०१९ को अक्टोबर १८–२७ सम्म भएको विश्व सैनिक खेलकुद प्रतियोगितामा प्रयोग गरेको थियो । त्यस खेलकुद प्रतियोगितामा अमेरिकाको न्युयोर्क नजिकैको लेभीस्थित सैनिक क्याम्पका कोरोना सङ्क्रमित सैनिक खेलाडीहरू सहभागी थिए । उनीहरूमार्फत उहानमा सङ्क्रमण फैलाइएको थियो । अमेरिकामा कोरोना जनसाधारणमा फैलनुअगाडि नै त्यस लेभीस्थित व्यारेकका आधाभन्दा बढी सैनिकहरूमा यो रोग फैलिसकेको थियो । यसलाई उनीहरूले गोप्य राखेका थिए । आफूलाई अमेरिकाले यो हतियार प्रयोग गरेर फसाउन लागेको थाहा पाएपछि चीनले तत्काल पार्टी, सेना, प्रहरी र सर्वसाधारण जनताले कडाइका साथ सुरक्षा र उपचारको नीतिलाई लागु गरेको थियो । त्यसको ३ महिनाभित्र महामारी नियन्त्रणमा ल्याइयो । चीनमा कोरोना सङ्क्रमण नियन्त्रणमा आइसकेपछि त्यसमा सफलता पाउनुको रहस्यबारे चिनियाँ राष्ट्रपति सी चिन फिङले भनेका थिए, “हामीमाथि यस्तो आक्रमण अमेरिकाले कुनै पनि बेला गर्नसक्छ भन्ने कुरा पहिला नै आशङ्का थियो ।” यसबाट चीन, भियतनाम, कोरिया, क्युवा, रुस, सिङ्गापुर, मलेसियाजस्ता पार्टी, सेना र जनताबीच राम्रो सम्बन्ध भएको देशमा जतिसुकै ठूलो महामारी आए पनि, विपत्ति आए पनि त्यसलाई समयमै नियन्त्रण वा समाधान गर्नसकिन्छ भन्ने सन्देश प्रवाह भयो । पुँजीवादी देश अमेरिका, ब्राजिल, भारत, इटालीजस्ता देशले कोरोना महामारीलाई समयमै नियन्त्रण गर्नसकेनन् । धेरै धनजनको क्षति भइरहेको छ ।
चीनमा अमेरिकाले कोरोनाको महामारी फैलाउन खोजेको वा हतियारको रूपमा प्रयोग गरेको कुरालाई पुष्टि गर्नसक्ने केही आधारहरू छन् । अमेरिकाले पहिला नै विभिन्न साहित्य, चलचित्र र सूचनामार्फत प्रचार युद्ध गरेको थियो । भोलि केही गरी आफूले प्रयोग गरेको हतियारबाट रोग फैलिए पनि कुनै घटना भइहाले पनि त्यसको दोष आफूमाथि नआओस् । उसले ४० वर्ष अगाडि नै ‘उहान चार्ज से’ नामक उपन्यासमा उहान भाइरसको प्रसङ्ग उल्लेख गरेको थियो । चीनमा कोरोना सङ्क्रमण हुनुभन्दा २ महिना जति अगाडि अमेरिकाको गुप्तचर संस्था सीआइएले चीन वा चीनजस्तै घनाबस्ती भएको दक्षिण पूर्वी एसियाको कुनै ठाउँलाई केन्द्रबिन्दु बनाएर एउटा डरलाग्दो महामारी फैलिन सक्नेछ भनी सतर्कता गराएको थियो ।
आज संसारमा अरू देशहरूलाई लडाएर–भिडाएर, हातहतियार बेचेर साम्राज्य फैलाइरहेको अमेरिका कमजोर अवस्थामा छ । अब ऊ बुढो बाघ हुँदै छ । उसले भनेजुयलामा जननिर्वाचित राष्ट्रपति निकोलस मोडुरोलाई अपदस्थ गरेर आफ्नो मान्छे जोन गाइडोलाई सडकबाट टिपेर राष्ट्रपति बनाउन खोजेका थिए । सिरियामा गृहयुद्ध गराएर राष्ट्रपति बसरअल असदलाई सत्ताच्युत गर्न खोजे । त्यसमा पनि संरा अमेरिका सफल हुनसकेन । १५ टुक्रामा विखण्डन भएको रुस फेरि अघि बढेको छ । इरानलाई नाकाबन्दी लगाउने संरा अमेरिकी प्रयास असफल भयो । पहिला सघाउने बेलायत, फ्रान्स, जर्मनीजस्ता देशले उसलाई एक्लो छोडेका छन् । उसको प्रतिद्वन्द्वी चीन र रुस छँदै छन् ।
त्यसको परिणाम दुई महिनापछि उहानमा देखियो । यसै प्रसङ्गमा भारतका एकजना चिकित्सकले भारतमा पोलियो भ्याक्सिनको प्रयोग र अनुसन्धानमा ७ करोड भारतीय गरिब तथा अशिक्षित जनताका सन्तान मरेको बताए । यसरी नयाँ नयाँ औषधिको प्रयोग र अनुसन्धानको नाउँमा गरिब र अशिक्षित मानिसहरू मर्दै छन् । त्यस्तै बील गेट्सले अमेरिकाको ‘डेट टास्क शो’ भन्ने टीभी शो कार्यक्रममा अहिले विश्वको जनसङ्ख्या ६.८ अर्ब छ, अब केही वर्षपछि सो बढेर ९ अर्ब पुग्दै छ र त्यसलाई एउटा नयाँ भ्याक्सिनको आविष्कार गरेर १०–१५ प्रतिशतसम्म नियन्त्रण गर्न सकिन्छ भनेका थिए । अमेरिकाको टेक्ससमा मेरिसा मेल्थन भन्ने पत्रकारले उनलाई तपार्इँको कम्पनीले उत्पादन गरेको भ्याक्सिनको प्रयोगले एसिया र अफ्रिकाको लाखौँ बालबच्चाहरूको ज्यान गयो, अङ्गभङ्ग भएको सम्बन्धमा प्रश्न गर्दा उनले जवाफै दिएनन् । यसरी उनीहरू पैसा कमाउनका लागि नयाँ–नयाँ भाइरसहरू बनाएर फैलाउने, प्रयोगको नाममा तेस्रो विश्वका गरिब र अशिक्षित देशका लाखौँ करोडौँ मानिसहरू बालबच्चाहरू मार्दछन् । त्यसको औषधि, भ्याक्सिन बनाएर महँगोमा बेचिन्छ । अर्बौँ खर्बौँ डलर कुम्ल्याइन्छ । अहिले अमेरिकामा पूर्वराष्ट्रपति जोन अफ केनेडी (जसलाई हत्या गरेर मारिए) का भाइले बील गेट्स हत्यारा हो, मानव ज्यानमारा हो, उनलाई कारबाही गर भनेर अभियानै चलाइरहेका छन् ।
अहिले संसारमा जति पनि रोगका भ्याक्सिनहरू बने लगभग सबै भ्याक्सिन उसैको कर्पोरेट कम्पनीहरूले बनाएका छन् । विश्वमा अरु उत्पादनको साथै भ्याक्सिनमा पनि उसको एकाधिकार छ, वर्चस्व छ । बजारमा अहिले रुस र चीनले कोरोनाको भ्याक्सिन पत्ता लगाएर प्रयोगको अन्तिम चरणमा पुगेको छ । रुसले भारतलाई अब मिलेर कोरोनालगायतका अन्य रोगको भ्याक्सिन उत्पादन गरौँ भनी अनौपचारिक प्रस्ताव राखेको थियो । त्यो कुरा थाहा पाएर बील गेट्सले भारतलाई तिमीहरू रुससँग मिलेर जुन भ्याक्सिन उत्पादन गर्दै छौ त्यसमा घाटा भएमा नाफासमेत व्यहोर्छु, त्यसमा हात नहाल भनेर प्रस्ताव गरे । यो कुरामा रुस र भारत सफल भएमा उनको विश्व एकाधिकार तोड्नेछ र उसको बजार अनि नाफा खतम हुनेछ । त्यसैले यसलाई असफल बनाउन उनी लागिसकेका छन् । अमेरिका बील गेट्सजस्ता २÷४ जना धनाढ्यहरूको हातमा छ । त्यहाँका राष्ट्रपतिहरू उनीहरूको कठपुतलीजस्तै हुन्छन् । राष्ट्रपतिहरू चुनावमा जिताउने कि हराउने भन्ने कुरा उनीहरूको हातमा हुन्छ । आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावमा डोनाल्ड ट्रम्पलाई हराउन उनीहरू अभियानमा लागिसकेका छन् । उनले त्यहाँको डलर छाप्ने कर्पोरेट हाउसलाई सरकारका मातहरूमा ल्याउन खोजेका थिए । त्यो फेडरल बैङ्क कर्पोरेट हाउस उनीहरूको बैङ्क माफियाहरूले चलाएका थिए, जुन सरकारको नियन्त्रणमा छैन ।
आज संसारमा अरू देशहरूलाई लडाएर–भिडाएर, हातहतियार बेचेर साम्राज्य फैलाइरहेको अमेरिका कमजोर अवस्थामा छ । अब ऊ बुढो बाघ हुँदै छ । उसले भनेजुयलामा जननिर्वाचित राष्ट्रपति निकोलस मोडुरोलाई अपदस्थ गरेर आफ्नो मान्छे जोन गाइडोलाई सडकबाट टिपेर राष्ट्रपति बनाउन खोजेका थिए । सिरियामा गृहयुद्ध गराएर राष्ट्रपति बसरअल असदलाई सत्ताच्युत गर्न खोजे । त्यसमा पनि संरा अमेरिका सफल हुनसकेन । १५ टुक्रामा विखण्डन भएको रुस फेरि अघि बढेको छ । इरानलाई नाकाबन्दी लगाउने संरा अमेरिकी प्रयास असफल भयो । पहिला सघाउने बेलायत, फ्रान्स, जर्मनीजस्ता देशले उसलाई एक्लो छोडेका छन् । उसको प्रतिद्वन्द्वी चीन र रुस छँदै छन् । अब उसले के बुझ्यो भने बन्दुक चलाएर, बम हानेर, युद्ध गरेर उनीहरूलाई जित्न र पछार्न सकिँदैन । किनकि उनीहरूसँग पनि अब प्रविधि छ, आणविक बम छ, फाइटर प्लेन छन्, पन्डुवी छन् अब हतियारको भरमा युद्ध जित्न सकिँदैन । यस प्रकारका युद्धबाट आफ्नो पनि धनजनको क्षति हुने भएकोले उसले अर्कै रणनीति लियो त्यो हो साइवर एवम् बाइलोजीक युद्ध नीति । उसले दोस्रो युद्ध नीति चीनमाथि प्रयोग गरेको देखिन्छ । आफ्नो प्रतिद्वन्द्वी राष्ट्रहरू सङ्कट महामारीमा पर्नेछन् र आफू विश्वमा नम्बर वानमा रहिरहने संरा अमेरिकाको सपना हो । तर, यो आफैँलाई प्रत्युपादक भएको छ । चीनलाई ताकेको बञ्चरोले आफ्नै घुँडामा ताकेको छ ।
यसप्रकार साम्राज्यवादी देशहरूले आफ्नो स्वार्थको लागि, आफ्नो विश्व एकाधिकार, वर्चस्वलाई कायम गर्न अनेक हतियार प्रयोग गरिरहेका छन् । उनीहरूले कसरी धनजनको विनाश गर्दारहेछन् भन्ने पाठ सिकेर हामी सचेत हुनुपर्ने देखिन्छ ।
Leave a Reply