भर्खरै :

दृष्टिकोण नै खोटो भएपछि मन्त्री भएरै गर्ने के !

  • भाद्र २१, २०७७
  • –हर्कबहादुर केसी
  • विशेष

मन्त्रीमात्र होइन प्रधानमन्त्रीसमेत बन्ने सपना बोकेका नेकपाका उपाध्यक्ष अन्ततः राष्ट्रियसभा सदस्य बन्ने पक्का भयो । तर, राष्ट्रियसभा सदस्य बन्न पार्टीले प्रस्ताव गरे पनि प्रम ओलीले सिफारिस गरेका छैनन् । सदस्य बनेपछि कुनै मन्त्रालय पनि उनले हात पार्लान् । मन्त्री बनेपछि काम गरेको देखाउन सुरुमा सक्रिय पनि होलान्, अरुले नगरेका नसम्झेका काम पनि गरेर देखाउलान् । सुरुका दिनमा यस्तो जोश, जाँगर त कुन मन्त्रीलाई छैन र ¤ तर, दिन बित्दै गएसँगै उनीहरूको सक्रियता पनि शिथिल बन्दै गयो । सरकारले तय गरेको नीति तथा कार्यक्रम र बजेट विपक्षी दलका नेता, सांसदहरूलाई त के स्वयम् सत्तारुढ दलका मन्त्रीहरूसमेत सन्तुष्ट छैनन् । कृषिमन्त्री असन्तुष्ट भएकै हुन् ।
नेकपाको दृष्टिकोण नै खोटो भएको हुँदा जस्तोसुकै क्रियाशील, जोश, जाँगर भएका व्यक्ति मन्त्री भए पनि माक्र्सवादी र लेनिनवादी सिद्धान्तअनुसार सरकारले काम गर्नेछैन, गर्नसक्नेछैन । नेता गौतम अर्थमन्त्री भए पनि, गृहमन्त्री भए पनि या अन्य कुनै मन्त्री भए पनि साना–तिना सुधारात्मक या नयाँजस्तो काम गर्न खोजे पनि बहुमत जनताको राहत हुने खालको काम हुनेछैन । सरकारमा रहेका नेकपाका हालका मन्त्रीहरू कोभन्दा को कमजस्ता देखिन्छन् । तर, कुनै मन्त्रीले त्यस्तो कुनै उल्लेखनीयकाम गरेका छैनन्, गर्नसकेका छैनन् । यसको मूल कारण पार्टीको गलत दृष्टिकोण हो, गलत सोचाइ हो, पार्टीले लिएको नीति नै गलत भएपछि उसले कसरी देश र जनताको हितमा काम गर्नसक्छ ?
वर्तमान सरकारका मन्त्रीहरू जो जो क्रियाशील, चलाख र केपी ओली पक्षधरका छन्, तिनीहरू नै अनेक अनियमितता या भ्रष्टाचारमा फसेका छन् । पूर्वसूचनामन्त्री गोकुल बाँस्कोटा र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल यसका उदाहरण हुन् । वामदेव गौतम मन्त्री भएपछि के के न होला, के के न गर्ला भनेर सोच्नु कल्पनाको धुनमा नाच्नुजस्तै हुनेछ । निर्वाचनमा हारेका पदलोभी गौतम राष्ट्रियसभा सदस्य भएर देश र जनताको हितमा, पक्षमा कुनै काम हुनेछैन । उनी सदस्य भए पनि नभए पनि कुनै फरक हुनेछैन । उनलाई सांसद बन्ने लालसा थियो, त्यो लालसा अब पूरा भयो । बस त्यति नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *