भर्खरै :

अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न अमेरिकालाई चीनको आग्रह

पेइचिङ, ५ अगस्ट
(सिन्ह्वा) । चीनले कम्तीमा पनि अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न अमेरिकालाई आग्रह गरेको छ । चिनियाँ राजधानी पेइजिङमा शुक्रबार आयोजना गरिएको नियमित पत्रकार सम्मेलनको क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुविङले सो आग्रह गर्नुभएको हो ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गन अर्टेगसले हालै विश्व स्वास्थ्य सङ्गठनका बारेमा दिएको प्रतिक्रियापछि चीनका देश मन्त्रालयका प्रवक्ताको यो भनाइ आएको हो ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गन अर्टेगसले हालै विश्व स्वास्थ्य सङ्गठनसँग अमेरिकी सम्बन्ध तथा सहयोग घटाउँदै लैजाने र अर्काे लटमा त्यस विषयमा अमेरिकाको थप निर्णय आउने बताउनुभएको थियो ।
पत्रकार सम्मेलनको क्रममा यसै विषयमा आएको प्रश्नको जवाफ दिँदै प्रवक्ता हुवाले सो धारणा राख्नुभएको हो । उहाँले भन्नुभएको थियो, अमेरिकाले कम्तीमा पनि अन्तर्राष्ट्रिय दायित्वहरूलाई बुझ्न सक्नुपर्छ र त्यसको पालना पनि गर्नुपर्छ ।
विश्व कोभिड १९को महामारीमा फसेको बेला हरेक देशले यो महामारीको अन्त्यका लागि आवश्यकरूपमा मिलेर काम गर्नुपर्ने प्रवक्ता हुवाको भनाइ थियो ।
यस अवस्थामा विश्व स्वास्थ्य सङ्गठनसँगको संलग्नता या अरू कुनै पनि विषयमा बेमेल राखेर नभएर मिलेर र समन्वय गरेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
हालैका केही समययता अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनसँगको सम्बन्धलाई नै तोडिदिएको छ । अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनलाई दिँदै आएको आर्थिक सहायताको काम पनि रोकेको छ ।
जसले गर्दा उक्त सङ्गठन आर्थिक समस्यामा पनि फस्नसक्ने देखिएको विश्लेषण गर्न थालिएका समाचारहरू आइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *