तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाडौँ, २० भदौ । नेपाल मजदुर किसान पार्टी चन्द्रागिरी नगर समितिको आयोजनामा भदौ १९ गते भक्तपुर काण्डको भत्र्सना कार्यक्रम भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले नेमकिपाले पञ्चायती निर्वाचनको क्रान्तिकारी उपयोग गरी जनताको सेवा गरेको, पञ्चहरूले गरेका भ्रष्टाचार, विकृति र विसङ्गतिविरुद्ध जनतामाझ उदाङ्ग्याएको कारण पञ्चायती सरकारले नेमकिपाको समूल नष्ट गर्न षड्यन्त्र रचेको बताउनुभयो । षड्यन्त्रविरुद्ध वकिल, मानवअधिकारवादी, पत्रकार र वामपन्थी नेताहरूले सहयोग गरेको उहाँले स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “भक्तपुर काण्डकै कारण देशमा जनआन्दोलनको वातावरण बन्यो । आन्दोलनमा नेमकिपाका युवा विद्यार्थीहरूले पञ्चायतविरुद्ध शहादत प्राप्त गरे । नेमकिपा खत्तम गर्न रचेको षड्यन्त्रले पञ्चायती व्यवस्था नै ढल्यो ।”
उहाँले अहिले पनि इतिहास दोहोरिन सक्ने भएकोले कार्यकर्ताहरू सचेत हुनुपर्ने भन्दै नयाँ पुस्तालाई भक्तपुर काण्डको शिक्षा दिएर प्रतिक्रियावादीहरूविरुद्ध सङ्घर्षको भावना जगाउनुपर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले लेनिनवादी शिक्षाअनुरुप पञ्चायती निर्वाचनमा प्रवेश गरी पञ्चहरूको जरा खन्ने काम गरेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले जनताको सेवामा सधँै समर्पित रहेर काम गर्दा पञ्चहरूलाई असह्य भएकोले भक्तपुर काण्ड रचेको बताउँदै बीस महिना जेल जीवनमा भोगेका अनुभवहरू सुनाउनुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश सदस्य सृजना सैंजुले भक्तपुर काण्ड भएको ३२ वर्षसम्म पनि कार्यकर्ता र नेपाली जनतालाई सचेत र सतर्क पार्न कार्यक्रम गर्दै आएको बताउँदै अहिलेको सरकार पनि पञ्चकै गोरेटोमा हिँडेकोमा दुःख व्यक्त गर्नुभयो ।
नेमकिपाका केन्द्रीय वैकल्पिक सदस्य नारायणबहादुर दुवालले भक्तपुर काण्डले भूमिगत जीवनको अनुभव बताउँदै भक्तपुरमा श्वेत आतङ्कको विरोधमा महिलाहरूले सङ्घर्षपूर्ण योगदान दिएको स्मरण गर्नुभयो ।
भक्तपुर काण्डका भुक्तभोगी सीता प्रजापतिले भक्तपुर काण्डको समयमा भोगेका र महिलाहरूले गरेको आन्दोलनबारे अनुभव सुनाउनु भयो । चन्द्रागिरी नगर समितिका अध्यक्ष गुणदास महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा रुपा थापामगर, किरण महर्जन, शान्त महर्जनलगायतले बोल्नुभएको थियो ।
Leave a Reply