शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
मस्को, २१ भदौ (एपी) । नोबेल कोरोना भाइरसको खोप निर्माण गरिसकेको दाबी गरेको रुसले खोपसम्बन्धी विवरण शुक्रबार प्रकाशन गरेको छ । रुसी वैज्ञानिकहरूले ‘स्पुटनिक भी’ नामको नयाँ खोपको प्रारम्भिक चरणका परीक्षणको विवरण सार्वजनिक गरेका हुन् ।
रुस सरकारले यो खोपलाई गत अगष्ट ११ मै स्वीकृति दिइसकेको छ । नयाँ खोपसम्बन्धी विवरण सार्वजनिक भएलगत्तै उक्त खोपबारे विज्ञहरूले विभिन्न प्रतिक्रिया दिएका छन् । उनीहरूको भनाइमा केही दर्जन व्यक्तिलाई मात्र खोप दिइएकोले यसको विश्वसनीयता शङ्काको घेरामा रहेको छ ।
गत शुक्रबार बेलायती मेडिकल जर्नल दी ल्यान्सेटमा प्रकाशित रिपोर्टमा खोप दिइएका ४० जनामा एन्टीबडी निर्माण भएको र तीन साताभित्र पुनः परीक्षण गर्न उनीहरूमा कोरोना भाइरस नदेखिएको उल्लेख छ । तर, लेखकहरूका अनुसार खोप दिइएका व्यक्तिलाई ४२ दिनसम्म मात्र अनुगमन गरिएको थियो । अध्ययनमा समेटिएको सङ्ख्या थोरै भएको र नियन्त्रण खोप (कन्ट्रोल भ्याक्सिन) नदिइएको पनि रिपोर्टमा उल्लेख छ ।
यस अध्ययनमा सहभागीहरू सबै पुरुष रहेका र उनीहरू २० र ३० वर्षको हाराहारीका व्यक्ति हुन् । त्यसैले कोराना भाइरसबाट सबैभन्दा बढी जोखिममा रहेका वयस्क वा वृद्ध व्यक्तिहरूलाई यो खोपले काम गर्छ भन्नेमा आशङ्का भएको बताइएको छ ।
अन्तर्राष्ट्रिय विज्ञहरू भने खोपको प्रभावकारिता र सुरक्षामाथि निकै सचेत देखिएका छन् । तैपनि, खोप निर्माता रुसी अधिकारीहरू भने खोपले देखाएको प्रभावकारिताबाट निकै खुसी देखिएका छन् ।
मस्कोस्थित गामालेया इन्स्टिच्युटका निर्देशक प्राध्यापक अलेक्जान्डर गिन्ट्सबर्गले मस्कोमा आयोजित पत्रकार सम्मेलनमा नयाँ खोपले मानिसमा पर्याप्त प्रतिरोधी क्षमता विकास गरेको दाबी गरे ।
ल्यान्सेटमा प्रकाशित प्रतिवेदनअनुसार, खोपको परीक्षण रुसका दुई वटा अस्पतालमा गरिएको थियो जसमा १८ देखि ६० वर्षका स्वस्थ व्यक्तिलाई समावेश गरिएको थियो । परीक्षणका लागि नाम लेखाएका व्यक्तिलाई अलग राखिएको थियो । खोप लगाइएपछि उनीहरूलाई २८ दिनसम्म अस्पतालमै राखिएको थियो ।
रुसले विकास गरेको खोपमा प्रयोग गरिएको प्रविधि चीनको क्यान–साइनो बायोलजिक्स र बेलायतको अक्सफोर्ड विश्वविद्यालय तथा अस्ट्राजेनिकाले संयुक्तरूपमा विकास गरिरहेको खोपजस्तै छ ।
रुसी अनुसन्धाताहरूले खोपमा सहभागी सबै ४० जनामा एन्डीबडी विकास भएको र यसले सङ्क्रमण रोक्न मद्दत गर्ने जनाएका छन् ।
यो खोप लगाएकाहरूमा खोप लगाइएको ठाउँमा हुने दुखाइ, ज्वरो, टाउको दुख्ने र मांसपेशी वा जोड्नी दुख्ने समस्या देखिएको छ ।
जोन्स हप्किन्स ब्लूमबर्ग जनस्वास्थ्य विद्यालयका डा.नाओर बार–जीभले सानै भए पनि रुसी खोप उत्साहजनक रहेको प्रतिक्रिया दिनुभएको छ ।
रुसी सरकारले गत अगष्ट ११ मा ठूलै कार्यक्रमबीच खोपलाई सरकारी मान्यता दिएको थियो । राष्ट्रपति भ्लादिमिर पुटिनले खोप निर्माणबारे राष्ट्रिय टेलिभिजनबाटै घोषणा गर्नुभएको थियो । उहाँले यस्तो खोप आफ्नी छोरीले लगाइसकेको र यसले रोगप्रतिरोधी क्षमता विकास गरेको बताउनुभएको थियो ।
त्यसयता रुसका धेरै उच्च पदाधिकारीले खोप लिएको बताएका छन् । मस्कोका मेयर सर्गेई सोब्यानिन र रक्षा मन्त्री सर्गेई सोइगुसमेतका अरू पदाधिकारीले यस्तो खोप लिनुभएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले खोप दिइएका व्यक्तिका बारेमा थप विवरण प्राप्त गर्न रुसी अधिकारीहरुसँग परामर्श गरिरहेको जनाएको छ । तर, शुक्रबार सङ्गठनका प्रवक्ता डा. मार्गरेट ह्यारिसले रुसले सम्पूर्ण विवरण उपलब्ध गराइनसकेको बताउनुभएकोक छ ।
Leave a Reply