के ‘गाँसे गुसे एकै नासे’ हो ?
- असार १५, २०८३
भक्तपुर, २२ भदौ । भक्तपुर अस्पतालमा पीसीआर परीक्षण मेसिन राख्ने तयारी भइरहेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. सुमित्रा गौतमले बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पतालको लागि पीसीआर मेसिन खरिद प्रक्रिया अघि बढाइसकेको बताउनुभयो ।
“हामीले कर्मचारीको व्यवस्था गरिसक्यौं । खरिद प्रक्रिया अघि बढिसक्यो । महिना दिनभित्र पीसीआर परीक्षण सेवा अस्पतालमा सुरु हुने छ”, गौतमले भन्नुभयो ।
उहाँले भक्तपुर अस्पतालअन्तर्गत चाँगुनारायण नपाको खरिपाटीमा सञ्चालित आइसोलेसनमा सोमबार साँझसम्ममा १०४ जना कोरोनाका संक्रमितको उपचार भइरहेको बताउनुभयो । भक्तपुर अस्पतालमै रहेको आइसोलेसन कक्षमा हाल १४ जना संक्रमित भएको उहाँले बताउनुभयो ।
भक्तपुरमा १३ जना
सोमबार भक्तपुर जिल्लामा १३ जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुले जनाएको छ । प्राप्त वितरणअनुसार भक्तपुर नगरपालिकाका १ जना पुरुष र ५ जना महिला, मध्यपुर थिमि नपाका २ पुरुष र १ महिला, सुर्यबिनायक नपाका १ पुरुष र १ महिला तथा चा“गुनारायण नपाका १ पुरुष र १ महिलामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका निष्ठा बल्लले दिनभएको जानकारीअनुसार भक्तपुर नपा वडा नं २ का २९ वर्षका महिला र ५८ वर्षका महिला, वडा नं ६ का ५५ वर्षका महिला र ३२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै भक्तपुर नपाकै वडा नं ९ का ५५ वर्षकी महिला र ५० वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मध्यपुर नपा वडा नं ६ का ३५ वर्षका पुरुष, वडा नं ७ का २४ वर्षका महिला र वडा नं ८ का ७८ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
चाँगुनारायण नपा वडा नं २ का १४ वर्षकी बालिका र ३७ वर्षका पुरुष तथा सुर्यबिनायक नपा वडा नं २ का २५ वर्षका पुरुष र वडा नं ५ का ५७ वर्षकी महिलामा संक्रमण पुष्टि भएको छ ।
हालसम्म भक्तपुरमा १७२ जना मानिस कोरोना मुक्त भएको स्वास्थ्य कार्यालयले बताएको छ ।
Leave a Reply