भर्खरै :

भदौ २५ सम्म कर दाखिला गर्नुपर्ने सूचनाप्रति उद्योग वाणिज्यको आपत्ति

भक्तपुर, २२ भदौ आन्तरिक राजस्व कार्यालयबाट भदौ २५ गतेभित्र तिर्नु पर्ने कर दाखिला नगरे करदातालाई जरिवाना लगाउने बारेको सूचनाप्रति भक्तपुर उद्योग वाणिज्य संघले आपत्ति जनाएको छ ।
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ २४ गते मध्यराति १२ बजेसम्म कायमै रहेको अवस्थामा भदौ २५ गते करदाताले तिर्नुपर्ने सम्पूर्ण कर अनिवार्य रुपमा दाखिला गर्नु पर्ने व्यवस्था असान्दर्भिक र अव्यवहारिक रहेको बारे भन्दै संघले विरोध गरेको अध्यक्ष प्रदीप श्रेष्ठले जारी गर्नुभएको वक्तव्यमा उल्लेख छ ।
“कोविड १९ माहामारीकाबीच लामोसमयसम्मको लकडाउन र निषेधाज्ञाको प्रभावको कारणले आर्थिक कारोवार लगभग पूर्णरुपमा ठप्प छ । अतः वर्तमान संकटको अवस्था कायम रहुन्जेलसम्म विलम्ब जरिवाना आदि लगाउने व्यवस्था हालको लागि स्थगन गरी उपयुक्त व्यवस्था सहित कर दाखिला म्याद थप गरिदिनुहुनका लागि अनुरोध गर्दछौं”, वक्तव्यमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *