भर्खरै :

चोकिअजिमा पाटी र ढुङ्गेधारामा सरसफाइ

भक्तपुर, २३ भदौ । नेपाल क्रान्तिकारी युवा सङ्घ, भक्तपुर नपा १ वडा एकाइ समितिको आयोजना तथा भक्तपुर नगरपालिका वडा नंं. १ को समन्वयमा भार्वाचो,पांखेस्थित चोकिअजिमा पाटी र ढुङ्गेधारा परिसरमा सरसफाइ कार्यक्रम मङ्गलबार भयो ।
चोकिअजिमामा पूजा गर्दा बालबालिकाको दमसम्बन्धी रोग निको हुने जनविश्वास छ । त्यसैले यस चोकिअजिमा पाटीमा दैनिकरूपमा पूजाआजा गर्ने प्रचलन रहिआएको छ । यसैगरी सोही क्षेत्रमा रहेको ढुङ्गेधाराको पनि विशेष धार्मिक महत्व रहेको छ । स्थानीय बासिन्दाका अनुसार जनैपूर्णिमाको दिन परिक्रमा गरिने पूर्व फर्केको नौ धारामध्ये उक्त धारा पनि एक हो ।
सरसफाइ कार्यक्रममा भनपा १ वडाका अध्यक्ष श्यामकृष्ण खत्रीलगायत युवा, विद्यार्थी तथा स्थानीय वडावासीहरूले भौतिक दुरी कायम गरी सहभागिता जनाएको जानकारी नेक्रायुसङ्घ, भनपा–१ का अध्यक्ष लक्ष्मीसुन्दर सुवालले दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *