भक्तपुर नगरपालिका वडा नं. २ मा स्वास्थ्य शिविर
- बैशाख ३१, २०८३
काठमाडौँ, २३ भदौ । नेपालमा कोभिड–१९ सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या क्रमशः बढिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त जानकारीअनुसार नेपालमा हालसम्म ३२ हजार ९६४ जना मानिस कोरोनाको सङ्क्रमणबाट मुक्त भएका छन् । मङ्गलबार सार्वजनिक तथ्याङ्कअनुसार पछिल्लो चौबीस घण्टामा २ हजार २८७ जना मानिस कोरोनाको सङ्क्रमणबाट मुक्त भएका छन् । नेपालमा कोरोनामुक्त हुनेको प्रतिशत ६८.५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्राप्त तथ्याङ्कअनुसार प्रदेश नं १ मा २ हजार ८ सय १६, प्रदेश नं २ मा ९ हजार ५ सय २३, बाग्मती प्रदेशमा ५ हजार ४, गण्डकी प्रदेशमा १ हजार ९ सय ९२, प्रदेश नं ५ मा ५ हजार ७ सय ७१, कर्णाली प्रदेशमा २ हजार ३ सय ९८ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ४ सय ८० जना व्यक्ति सङ्क्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो अवस्थालाई ‘सुधारउन्मुख’ बताएको छ । ५ सयभन्दा बढी सङ्क्रमित भएका जिल्लाको सङ्ख्या पनि घटिरहेको बताइएको छ । मङ्गलबार ५ सयभन्दा बढी सङ्क्रमित भएका जिल्लाहरू काठमाडौँ, ललितपुर, सुनसरी, मोरङ, चितवन, रुपन्देही, सर्लाही र धनुषा रहेका छन् ।
पछिल्लो सुधारोन्मुख अवस्थालाई झन्डै महिना दिनदेखि काठमाडौँ उपत्यकालगायत प्रभावित जिल्लामा लागु गरिएको निषेधाज्ञाको परिणामको रूपमा लिइएको छ ।
Leave a Reply