भर्खरै :

बासुमा मनोसामाजिक परामर्श

भक्तपुर, २३ भदौ । बासु माध्यमिक विद्यालयको आयोजनामा आइतबार कोभिड – १९ सम्बन्धी परामर्श कार्यक्रम भयो ।
अनलाइनमा सञ्चालित कार्यक्रममा मनोविद् सरिता श्रेष्ठले शिक्षक – शिक्षिका र अभिभावकहरूलाई बालबालिका तथा किशोरीहरूको मानसिक स्वास्थ्य प्रवद्र्धन गर्नको लागि परामर्श आवश्यक भएको बताउनुभयो । उहाँले तनाव पहिचान र व्यवस्थापन गर्न शारीरिक तथा मानसिक अभ्यास आवश्यक भन्दै बालबालिकामा कोभिड–१९ सँग सम्बन्धित विभिन्न गलत धारणा हुनसक्ने भएकोले उचित परामर्श दिनुपर्ने बताउनुभयो ।
दुईदिने परामर्शमा प्राचार्य अम्बिका न्याइच्याई, सहप्राचार्य रवि प्रधान, इन्चार्जहरूसुनिता घटुवा र विष्णुप्रसाद दुमरुलगायतले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *