युद्ध अन्त्य र रोकिएको सम्पत्ति फुकुवा गर्न इरानको अमेरिकासँग माग
- बैशाख २८, २०८३
चीनको जनमुक्ति सेनाका प्रवक्ता चाङ श्युलीले सेप्टेम्बर ७ को दिन चीन र भारतको सीमा क्षेत्रमा निरीक्षणमा रहेका चिनियाँ सेनामाथि भारतीय सेनाले गोली प्रहार गरेको र प्रतिकारमा चिनियाँ पक्षले पनि उपयुक्त कदम चाल्न बाध्य भएको बताए ।
दुई देशबीचको सीमा ‘द लाइन अफ एक्चुएल कन्ट्रोल (एलएसी) को विवादलाई लिएर दसकौँपछि पहिलोपटक गोली हानाहान भएको छ । प्रवक्ता चाङले भारतीय पक्षलाई तत्काल कुनै पनि प्रकारको आक्रामकता त्याग्न, एलएसीबाट पछि हट्न, सीमामा परिचालित सशस्त्र बललाई संयमित राख्न र सोमबारको घटनाबारे अनुसन्धान गर्न आग्रह गरेका छन् ।
गएको शनिबारमात्र चीन र भारतका विदेशमन्त्रीहरूबीच रुसको राजधानी मस्कोमा वार्ता भएको थियो । वार्ताको केही दिनपछि नै एलएसीमा यस्तो हमला हुनु आश्चर्यको विषय हो । मस्को बैठकमा गत गर्मीयाममा भारतीय पक्षले एलएसी उल्लङ्घन गरेर लामो समयदेखि विवादित सीमा समस्या अझ बल्झाएकोमा शान्तिपूर्वक समाधान खोज्नेमा सहमति भएको थियो ।
वार्ताबाट दुई पक्षबीच बनेको सद्भावपूर्ण अवस्था बिथोल्न भारतीय पक्षलाई के कुराले उछाल्यो भन्नेबारेमा टिप्पणी गरिहाल्नु हतार हुनसक्छ । तर, दुई वटा सम्भावित कारणमध्ये कुनै पनि कारणले भारतको पछिल्लो कदमलाई उचित मान्न सकिन्न ।
पहिलो सम्भावित कारण, गत साता रुसको राजधानी मस्कोमा चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डलसँग भेटेर शान्तिको कुरा गर्नु भारतको छलमात्र थियो । मस्कोमा चीनसँग बैठक बसेर भारतले ब्रिक्स र साङ्घाई सहकार्य सङ्गठन (एससीओ) सँग असल र समान रणनीतिक सम्बन्ध भएको देखाउन खोजेको हुनसक्छ ।
भारतको व्यवहारले ऊ कहिले पनि आफूले बोलेको कुरामा इमानदार थिएन भन्ने कुरा प्रस्ट पार्छ । विशेषतः रुसको आग्रहलाई टार्न नसकेर मात्र ऊ चीनसँगको बैठकमा सामेल भएको देखिन्छ । अर्को शब्दमा भन्दा भारतले चीन र रुस दुवैलाई झुक्याइरहेको छ ।
भारतीय मिडियाको हल्लाबाजी स्वभावको कारण भारतमा तनाव निकै उचाइमा पुगेको छ । कतिपय त्यस्ता मिडियाबाजीको पछाडि भारतीय हिन्दू राष्ट्रवादी भाजपाको उक्साहट पनि प्रस्ट देखिन्छ । चीन र पाकिस्तानविरुद्ध भारतीय सैनिक नेतृत्वले यसअघि दिने गरेको उत्तेजक भनाइलाई फर्केर हेर्दा भारतीय सेनाका माथिल्लो नेतृत्व नै यस्ता विचारबाट लैस भएको प्रस्ट हुन्छ ।
दोस्रो सम्भावित कारण, रुसमा चिनियाँ समकक्षीसँग भेट्न भारतीय रक्षामन्त्रीलाई त्यहाँको राजनीतिक नेतृत्वले आपसी सल्लाहअनुसार नै पठाएको हुनसक्छ । औपचारिकरूपमा भारतीय सेना राजनीतिक नेतृत्वकै मातहतमा रहन्छ । तर, सेना जसरी राजनीतिक नेतृत्वअन्तर्गत हुनुपर्ने हो, त्यसरी भारतीय सेना कहिल्यै पनि भारतीय राजनीतिक नेतृत्वअन्तर्गत रहेन ।
पछिल्लो घटनाको चर्चामा पहिलो सम्भावित कारण त्यत्ति मिल्दो देखिँदैन । बरु त्यसले अहिलेको जटिल बन्दै गएको अवस्थामा थप जटिलता थपेको छ ।
सन् २०१४ मा नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टी सत्तामा आएदेखि भएका पछिल्ला घटनाक्रम नियाल्दा सोमबार राति भएको घटनाको निम्ति दोस्रो सम्भावित कारणमा भने केही आधार भेटिन्छ ।
निःसन्देह गएको साता मस्कोमा बैठक बसेर भारतले छलमात्र गरिरहेको र शान्तिको विषयमा ऊ गम्भीर नभएको सम्भावनालाई पूर्णतः नकार्न सकिन्न । तर, कुनै पनि देशको राजनीतिक नेतृत्वले आफ्नो सेनाले स्थानीयरूपमा गर्ने सबै कारबाहीमाथि पूर्ण नियन्त्रण राख्न सक्दैन । यस्ता विषयका अध्येतालाई यो विषयमा राम्रो जानकारी हुन्छ ।
भारतीय मिडियाको हल्लाबाजी स्वभावको कारण भारतमा तनाव निकै उचाइमा पुगेको छ । कतिपय त्यस्ता मिडियाबाजीको पछाडि भारतीय हिन्दू राष्ट्रवादी भाजपाको उक्साहट पनि प्रस्ट देखिन्छ । चीन र पाकिस्तानविरुद्ध भारतीय सैनिक नेतृत्वले यसअघि दिने गरेको उत्तेजक भनाइलाई फर्केर हेर्दा भारतीय सेनाका माथिल्लो नेतृत्व नै यस्ता विचारबाट लैस भएको प्रस्ट हुन्छ ।
यस्तो अवस्थामा सीमा क्षेत्रमा खटिएका भारतीय अधिकारीहरूले उनीहरूको मनगढन्ते बुझाइअनुसार भारतको ‘राष्ट्रिय स्वार्थ’ को लागि भनी चिनियाँ जनमुक्ति सेनामाथि गोली हानेको हुनसक्छ । तर, यतिमात्र कारणले सोमबार भएको घटनालाई सहज मान्न भने सकिन्न । बरु केही महिनाको अन्तरालमा भएका तीन फरक फरक घटनाको सापेक्षमा यसको पनि विश्लेषण गर्नु उपयुक्त हुन्छ । पहिलो, सोमबार गोली हानेको घटना, दोस्रो गत साता पानगोङ ताल वरपर भएको घटना र गलवन उपत्यकामा जून महिनामा भएको घटना ।
यसप्रकार चीनविरोधी लगातार क्षेत्रीय हमलाको सिलसिलाले भारतीय सेनामाथि त्यहाँको राजनीतिक नेतृत्वले कतै आफ्नो प्रभाव गुमाउँदै गएको पो हो कि भनी पर्यवेक्षकहरूले आशङ्का गर्न थालेका छन् । भारतीय संस्थापनको आलोचना गर्नेहरूले भारतमा राज्य र सेना क्रमशः एकाकार बन्दै गएको भन्दै भारत फासीवादी व्यवस्थातिर ढल्किरहेको बताउने गरेका छन् ।
यी सम्भावनालाई ध्यानमा राखेर अहिलेको विकसित परिस्थितिको शान्तिपूर्ण समाधान भारतका राजनीतिक र सैनिक नेतृत्वसँग गाँसिएको छ । भारतीय सेनाले गलत हिसाब गरेर तनावको अवस्थालाई बढाउनु उचित होइन । भारतीय जनता पार्टीले तत्काल तनाव अझ बढ्न सक्ने सम्भावनालाई ध्यानमा राखी भारतीय सेनामाथिको लगाम बलियो बनाउन जरुरी छ । भारतीय प्रधानमन्त्रीले आफ्नो सेनामाथि नियन्त्रण कायम राख्न नसके भारतको प्रजातन्त्र कमजोर हुनेछ र भारत संसारकै सबभन्दा भद्रगोल राज्य बन्न बेर लाग्नेछैन ।
स्रोत ः सीजीटीएन
नेपाली अनुवाद ः राजजी
Leave a Reply