भर्खरै :

भक्तपुरमा सार्वजनिक यातायात भदौ ३१ गते सम्म बन्द

 
भक्तपुर, २५ भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिहरूसँग मंगलबार सार्वजनिक यातायात बन्द गर्ने विषयमा बैठक बस्यो ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) रोग नेपालमा पनि तीव्र गतिमा बढिरहेको र काठमाडौं उपत्यका लगायत विभिन्न सहरहरूमा दैनिक सयौंको संख्यामा संक्रमितहरू बढिरहेको र भक्तपुर नगर क्षेत्रमा २ सय १३ जनाभन्दा बढी संक्रमित भइसकेको अवस्था छ ।
सोही विषयलाई ध्यानमा राखी आज बसेको बैठकले मिति २०७७ भदौ २४ गते उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकबाट १६ जना भन्दा बढी सिटका गाडीलाई जोर—बिजोर प्रणाली लागू गरी संचालन गर्ने भनी निर्णय भए तापनि भक्तपुरमा पैmलिंदै गएको कोरोना संक्रमणको विषम परिस्थितिमा कोरोनाको संक्रमण समुदायस्तरसम्म फैलिन नदिन भक्तपुर नगरभित्रबाट काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका रुट नं. १, रुट नं. ७ र रुट नं. ९ मा चल्ने छोटो दुरीका यातायातहरू आज मिति २०७७ भाद्र २५ गतेदेखि भाद्र ३१ गतेसम्मका लागि बन्द गर्ने निर्णय ग¥यो ।
त्यसलगत्तै नगर प्रमुख प्रजापतिकै अध्यक्षतामा भक्तपुर उद्योग वाणिज्य संघ र भक्तपुर घरेलु तथा साना उद्योग संघका प्रतिनिधिहरूसँग बसेको बैठकले जिल्ला प्रशासन कार्यालय भक्तपुरले तोकिएको समयमा व्यवसायीहरूले मास्क, पञ्जा लगाई शारीरिक दूरी कायम गर्दै सुरक्षा नीति अपनाएर मात्रै व्यापार व्यवसाय गर्न आ–आफ्नो तर्फबाट पहल गर्ने निर्णय गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *