भर्खरै :

भारतद्वारा फ्रान्सेली राफेल विमान खरिद

नयाँदिल्ली, २५ भदौ (एपी) । भारत सरकारले खरिद गरेका फ्रान्समा निर्मित पाँचवटा राफेल लडाकू विमान भारतीय वायुसेनामा बिहीबारदेखि समाहित भएका छन् । चीनसँगको सीमा क्षेत्रमा तनाब बढिरहेको अवस्थामा नयाँ लडाकू विमान भारतीय वायुसेनामा प्रवेश गराएको छ ।
भारतले चीनसँगको सीमा क्षेत्र लद्दाखमा सैन्य तनाव बढेसँगै ठूलो सङ्ख्यामा लडाकू विमान, हातहतियार र सैनिक परिचालन गरेको छ । गत जुन १५ मा यही क्षेत्रमा भएको झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो ।
अम्बालास्थित हवाई अखडामा आयोजित समारोहमा भारतीय रक्षा मन्त्री राजनाथ सिंहले भारतीय सीमा क्षेत्रमा तनाव भइरहेको अवस्थामा नयाँ लडाकू विमानले भारतीय सेनाको मनोबल थप उच्च बनाउने विश्वास व्यक्त गरे ।
चीनबाहेक भारत र पाकिस्तानबीच पनि काश्मिर विषयलाई लिएर सीमा क्षेत्रमा तनाबको स्थिति रहँदै आएको छ ।
राफेल विमान खरिद गर्ने सम्बन्धमा भारत र फ्रान्सबीच सन् २०१६ मा ८ अर्ब ७८ करोड डलरको एक सम्झौता भएको थियो । सम्झौताबमोजिम फ्रान्सले सन् २०२२ भित्रमा ३६ वटा राफेल विमान हस्तान्तरण गर्नु पर्नेछ ।
हालसम्म रुसी लडाकू विमानमा निर्भर रहेको भारतमा अब फ्रान्सेली राफेल विमान पनि उपलब्ध भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *