युद्ध अन्त्य र रोकिएको सम्पत्ति फुकुवा गर्न इरानको अमेरिकासँग माग
- बैशाख २८, २०८३
पेइचिङ, १० सेप्टेम्बर । संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्को बैठकमा संरा अमेरिकी प्रतिनिधिले चीनविरूद्ध लगाएको आरोपको चिनियाँ प्रतिनिधिले खण्डन गरी आरोप फिर्ता गर्न माग गरेका छन् ।
कोभिड–१९ बारे प्रस्ताव नं २५३२ कार्यान्वयनसम्बन्धमा बसेको सुरक्षा परिषद्को बैठकमा संरा अमेरिकी प्रतिनिधि रोडने हन्टरले चीनले नोबेल कोरोना भाइरसको सही ढङ्गबाट नियन्त्रण गर्न नसक्दा र पारदर्शिताको अभावले संसारभर महामारी फैलिएको आरोप लगाएका थिए ।
संयुक्त राष्ट्र सङ्घका लागि चीनका सहायक स्थायी प्रतिनिधि केङ श्वाङले संरा अमेरिकाको अभिव्यक्तिलाई पूर्णतः अस्वीकार गरे । उनले संरा अमेरिकी प्रतिनिधिले सुरक्षा परिषद्को दबुको दुरूपयोग गरेको बताए । “उनीहरू राजनीतिक भाइरस फैलाइरहेका छन् । यहाँ उनीहरूले जे गरिरहेका छन्, आफ्नो आन्तरिक राजनीतिको कारण गरिरहेका छन्”, केङले भने ।
“यो बैठकको ध्येय प्रस्ताव नं २५३२ कार्यान्वयनको समीक्षा गर्नु हो । यो बैठकको लक्ष्य कसैमाथि औँला ठड्याउने वा आरोप–प्रत्यारोप गर्नु होइन । यो बैठकमा एकता र ऐक्यबद्धताको कुरा हुन जरूरी छ । यो विषयको राजनीतिकरण गर्ने वा कसैको अपमान गर्ने थलो होइन”, चिनियाँ अधिकारीले भने ।
“संरा अमेरिकी प्रतिनिधिको भनाइ खराब मनसाय र गैरजिम्मेवार छ । यो चीनविरूद्धको अपमान हो । चीन स्पष्ट रूपमा यो आरोपको खण्डन गर्छ”, उनले भने ।
“महामारी फैलिएलगत्तै चीनले महामारी समयमै रोक्न समयमै पारदर्शी, खुला र जिम्मेवारीपूर्वक प्रभावकारी प्रतिरोध गरेको छ । चीनले छोटो समयमा नै महामारी रोकथाम गरेको छ”, केङले भने ।
चीनले समयमै विश्व स्वास्थ्य सङ्गठन र अन्य देशलाई महामारीबारे खबर गरेको र भाइरसको जैविक सुत्र सार्वजनिक गरेको पनि उनले बताए ।
“हामीले महामारीविरूद्धको विश्वव्यापी लडाइँमा महत्वपूर्ण योगदान गरेका छौँ । संयुक्त राष्ट्र सङ्घमा यो सत्य स्थापित र अनुमोदित छ । विश्व स्वास्थ्य सङ्गठनलगायत अन्तर्राष्ट्रिय सङ्गठनहरूले पनि यो कुरा स्वीकारेका छन् । सुरक्षा परिषद्का बहुमत सदस्यहरू पनि यसमा सहमत हुने हामीलाई विश्वास छ”, केङले भने ।
Leave a Reply