यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, ११ बैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खानेपानी, हनुमन्ते खोला सफाई, नक्सा पासमा ढिलासुस्ती लगायत नगरका समस्या समाधान गर्न निर्वाचित जनप्रतिनिधिहरुले काम थालिसकेको बताउनुभएको छ ।
बिहीबार नेपाल मजदुर किसान पार्टी भक्तपुर नपा वडा नं ९ को आयोजनामा स्थानीय तहको निर्वाचनका सहयोगीलाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै उहाँले नेमकिपाले असम्भव कुरा घोषणापत्र राखेर जनतालाई झुक्याउने गल्ती गरेको बरु व्यवहारिक कुरा समावेश गरी पूरा गर्ने गरेको बताउनुभयो ।
‘सरकारले बिनापूर्वाग्रह स्वीकृति दिए आगामी पाँच वर्षमा भक्तपुर नगरभित्र शिशुस्याहारदेखि विश्वविद्यालयसम्मको बन्दोबस्त गर्न सक्नेछौं’, प्रमुख प्रजापतिले भन्नुभयो ।
समाजवादी देशहरुबाट सिकेर जनताको सेवा गर्ने बताउँदै उहाँले चुनावको समयमा जनतालाई दिएका वचनबद्धता एक एक गर्दै पूरा गर्ने प्रतिबद्धता दोहो¥याउनुभयो ।
उपप्रमुख रजनी जोशीले चुनावको समयमा जारी घोषणापत्रमा उल्लेखित बुँदाहरुलाई अल्पकालीन, मध्यकालीन र दिर्घकालीनमा विभाजित गरी पूरा गर्न अग्रर रहने बताउनुभयो ।
उहाँल भौतिक रुपमा मठ–मन्दिर मात्र बनाएर नभई तीसँग जोडिएका संस्कृतिको पनि संरक्षण गर्नमा जोड दिनुभयो ।
कार्यक्रममा वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, आयोजक समितिका उपाध्यक्ष कृष्णभक्त लवजू, साविक वडा नं १ का पूर्व वडाध्यक्ष लक्ष्मीप्रसाद कुसी, दिलभक्त कोजू, सञ्जय मानन्धर, रामकृष्ण प्रजापतिलगायतले बोल्नुभएको थियो ।
Leave a Reply