भर्खरै :

भक्तपुर नगर कार्यपालिकामा उम्मेदवारी

स्थानीय तह निर्वाचन अन्तर्गत भक्तपुर नगर कार्यपालिकाको लागि पाँच जना महिलाहरुको उम्मेदवारी परेको छ । सुनिता प्रजापति (वडा नं ३), कृष्णलक्ष्मी दुवाल (वडा नं ४), सरिना द्योला (वडा नं ५), रोशनमैया सुवाल (वडा नं ६) र छोरीमैया सुजखू प्रजापति (वडा नं ९) ले कार्यपालिका सदस्यको लागि उम्मेदवारी दिनुभएको हो ।
स्थानीय तहसम्बन्धि ऐन २०७३ को दफा ६ को उपदफा ३ बमोजिम नगरपालिकामा निर्वाचित महिला सदस्यहरुमध्येबाट पाँच जना कार्यपालिका सदस्य निर्वाचित गर्ने बन्दोबस्तअनुसार उहाँहरुले उम्मेदवारी दिनुभएको हो । पाँच वटा पदको लागि हुने निर्वाचनमा अरु कसैको पनि उम्मेदवारी भने परेन ।
ऐनको दफा ६ को उपदफा ४ अनुसार तीन जना दलित तथा अल्पसंख्यक समुदायबाट कार्यपालिका सदस्य निर्वाचन गर्ने प्रावधानअनुसार भक्तपुर नगरपालिकाको हकमा कसैको पनि उम्मेदवारी परेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *